देब पचभैया
पाल्पा, चैत्र ४ – आगागी ६ गते बाट संचालन हुन लागेको एस,एल,सि परिक्षामा पाल्पा बाट १ सय १८ बिधालयका गरी ५ हजार ८ सय ९५ जना बिधार्थीले परिक्षा दिने भएका छन् । जसमा नियमित तर्फ ४ हजार २ सय ९३ र एक्जाम्टेड तर्फ १६ सय २ जना बिधार्थी सहभागी हुदैछन् ।
१ सय १८ बिधालय मध्ये शामुदायिक तर्फ १ सय ३, सस्थागत तर्फ १३ , खुल्ला तर्फ १ र प्राईभेट तर्फ १ वटा बिधालय बाट परिक्षार्थीहरु सहभागी हुन लागेका हुन् । एस,एल,सि परिक्षा समन्वय समिति पाल्पाले परिक्षाको बारेमा जानकारी दिन मंगलबार दिउसो आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका उपसचिब दिपेन्द्र ढकालले सो कुराको जानकारी दिएको हो ।
परिक्षालाई मर्यादित, ब्यवस्थित , अनुसासित र शान्तीपुर्ण रुपमा सम्पनन गर्नका लागी पाल्पा जिल्लामा २३ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा यस बर्ष किसान उच्च माबि झडेवा केन्द्र हटाईएको छ भने दर्लमडाडा उच्च माबि र दिब्यज्वोती उच्च माबि कसेनी केन्द्र लाई थपिएको छ । सबै भन्दा बढी परिक्षार्थी भएको केन्द्र दमकडा उच्च माबि मदनपोखरामा ३ सय ९० बिधार्थी छन् भने सबै भन्दा कम दर्लमडाडा उच्च माबिमा १ सय ६८ जना बिधार्थीले परिक्षा दिदैछन् ।
परिक्षालाई मर्यादित रुपमा सम्पन्न गर्नको लागी ३३ बुदे आचार सहिंता जारी गर्दे एस,एल,सि परिक्षा समिति पाल्पाले २३ जना केन्द्राध्यक्षलाई परिक्षा केन्द्रमा खटाएको छ । परिक्षाको लागी प्रश्न पत्र, उत्तर पुस्तिका लगाएको सम्पुर्ण सामाग्री केन्द्रमा पुगेको जिल्ला शिक्षा अधिकारी प्रेम नाथ पौडेलले जानकारी दिए ।
परिक्षामा ३० जना सहायक केन्द्राध्यक्ष, २ सय ४० जना निरिक्षक, ८२ जना कार्यालय सहायक , २ सय ३० जना सुरक्षा कर्मीहरु परिक्षामा खटिदैछन् । परिक्षामा २२३ जना बिधार्थी जाच दिन बाट बन्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेपछि उनीहरुले परिक्षा दिन नपाउने जिल्ला शिक्षा कार्यालय पाल्पाले जानकारी दिएको छ । परिक्षामा पाल्पा बाट ४ जना दृष्ट्रिबिहिन र एउटा हात नभएको बिधार्थीले पनि जाच दिदैछन् । यस बर्षको परिक्षामा खुला बाट ३६ बर्षिय बलराम सुर्यबंशी र ३१ बर्षिया अर्मता रानाले पनि परिक्षा दिने तयारी गरेका छन ।
परिक्षा भर सम्पुर्णकुराको जानकारीको लागी जिल्ला शिक्षा कार्यालय पाल्पाको फोन नम्बर ०७५५२०११९ र ५२०९७२ मा टेलिफोन गर्न सकिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
जिल्ला शिक्षा अधिकारी प्रेम नाथ पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार मेघराज शर्मा, जिल्ला शिक्षा कार्यालय पाल्पाका बिधालय निरिक्षक रेशम लाल न्यौपाने लगाएतले बोलेका थिए ।
।
