दीपा आले
नेपालगन्ज २ चैत्र – नेपाल प्रेस युनियन बांके शाखाले फागु पर्व एकआपसमा रंग लगाएर शुभकामना आदानप्रदान गरी मनाएका छन् ।
शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै पत्रकारहरुले श्रमजिवि पत्रकारको हकहित र प्रेसस्वतन्त्रता अभिब्यक्तीलाई सबैले सम्मान गर्नु पर्ने बताए । अब बन्ने नयां संविधानमा पत्रकारको आर्थिक, नैतिक, समाजिक, भौतिक सुरक्षालाई ग्यारेन्टी गर्नु पर्ने धारणा राखे ।
पत्रकारहरुले आफू भन्दा अग्रज पत्रकार प्रेस सेनानी पन्नालाल गुप्ता (चाचा)को घरमा गएर समेत शुभकामना साटासाट गरे । पत्रकारीता जस्तो संबेदनशील ब्यवसायमा पत्रकारहरु एक आपसमा मिलेर आफ्नो कार्य क्षेत्रलाई बलियो बनाउने र सधै आवाज विहिनहरुको आवाजकोलागि पत्रकारहरु अघि बढी रहनु पर्ने शुभकामना ब्यक्त गरे ।
यसरी नै बांकेका पत्रकारहरुले आफू भन्दा ठूला र आफू भन्दा सानाहरु भेटघाट गर्दै एक आपसमा रंग लगाएर शुभकामना आदानप्रदान गरी हिजो फागू पूर्णिमा मनाए । विशेष गरी आज तराईमा होलि मनाईन्छ । त्यसैलाई मध्येनजर गर्दै नेपाल पत्रकार महासंघ बांके शाखाले पनि आज आफ्नै कार्यालय अगाडि होलि मिलन कार्यक्रम गर्दैछ ।
शाखा सचिव अर्जुन ओलीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्षता युनियनका अध्यक्ष जयनारायण शाहले गरेका थिए ।
