होलीले लग्यो ज्यान

Read Time:1 Minute, 26 Second

देब पचभैया

पाल्पा, चैत्र २ – होलीको अबसरमा नाच गान गर्न भन्दै बिजुलीको लाईन जोड्ने क्रममा पाल्पामा एक युवकको ज्यान गएको छ । होलीको दिन छोराछोरीहरु संग गाउ नजिकै  पिकनिक गएका बराङ्गदी ४ अर्चले तिनधारेका ३५ बर्षिय ओम बहादुर पचभैया मगरको ज्यान गएको हो ।

डेगमा बिजली जोड्न चिलाउनेको रुख बाट हाईटेन्सन लाईन बाट तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका पचभैयालाई उपचार गर्न अस्पताल लाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । केटाकेटीले बोलाएको र नउठेपछि निकै बेरमा हिडेर घरमा आएर खबर गरेका थिए । बेलैमा उपचार नहुदा पनि उनको ज्यान गएको प्रहरीले बताएको छ ।

झण्डै १० बर्ष बढी सदरमुकाम तानसेनमा पत्रिका बाढ्ने काम गरेका ओम बहादुरले २ बर्ष अघि काम छोडेर सिकर्मीको रुपमा काम गर्दे आएका थिए । उनका ७० बर्षिय आमा , श्रीमती,  एक छोरो र छोरी छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %