दीपा आले
नेपालगन्ज , चैत्र ३० – रेड हिल एकेडेमीका बालबालिकाले विभिन्न सिर्जनात्मक हस्तकला बनाएर प्रर्दशन गरेका छन् । विद्यालयमा अध्ययन गर्ने १ देखि ६ कक्षामा अध्ययन गर्ने बालबालिकाले ति हस्तकला बनाएका हुन् ।
रेड हिल एकेडेमीको आयोजनामा बालबालिकाका हस्तकलालाई वृद्धि गर्न सो विद्यालयले सिर्जना उत्सव भनेर दुई दिवसीय प्रशर्दनी गरेको हो । विद्यालयका प्रमुख भोजराज शर्माले बालबालिकाहरुको लुकेर रहेको क्षमतालाई बाहिर ल्याउन यस्ता खाले सिर्जनशील कार्यक्रम विद्यालयमा राखिएको बताए ।
हस्तकलामा भाग लिन पाएकोमा रेड हिलका छात्रा आफू अतन्त खुशी भएको ब्यक्त गरिन । साथै अभिभावहरु पनि आफ्ना बालबालिकाका कला र विद्यालयले यस्तो कार्य गरेकोमा खुशी ब्यक्त गरेका थिए ।
