नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत द्वारा १०४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ८ मार्च २०१४ का दिन आयोजना गरिएको खुल्ला कविता बाचन प्रतियोगितामा दोश्रो हुन सफल कविता ”नारी के तिमीलाई थाहा छ तिमी के हौ ? -कवी तारा भट्टराई
म भन्छु तिमी प्रिथवी हौ
तिमी सहनसिलताको मुर्ती हौ
कृष्ण राम बुद्धको आमा हौ तिमी
म भन्छु तिमी सृस्टि श्रीजनाको सागर हौ ।
आफु आशु पिएर अरुलाई हाशो खुशी दिने
शितल पवनको झोका हौ तिमी
त्यसैले म भन्छु नारी के तिमीलाई थाहा छ तिमी के हौ ??
तिमी काँडाबिच फुल्ने गुलाब हौ
हर सुबासमा छरिने सुगन्धित फुल हौ
दुर्गा सरस्वोती लक्ष्मीको रुप हौ तिमी
पारी आएमा ज्वालामुखी पनि बनी दिने
अटल धर्तिको रुप हौ तिमी
त्यसैले म भन्छु नारी के तिमीलाई थाहा छ तिमी के हौ
आमा पत्नी सखी जे पनि बन्न सक्छेउ तिमी
दिदी पनि बहिनी पनि हर भूमिकामा तिमी
आशुलाई हाशोमा बदल्न सक्छ्यौ तिमी
सृस्टिको हरियाली वनमा रमाउने कोइली हौ तिमी
त्यसैले म भन्छु नारी के तिमीलाई थाहा छ तिमी के हौ ??