सवारी दुर्घटनामा एकको मृत्यु

Read Time:1 Minute, 9 Second

देब पचभैया

नवलपरासी, २९ फाल्गुन – नवलपरासीको तम्सरिया चोरमारा बजार मा भएको सवारि दुर्घटनामा परि एक जना को ज्यान गएको छ ।

पश्चिमबाट पुर्वतर्फ आउदै गरेका यु.पि ५३ बि.पी ९०३५ नम्बरको बसमा सहाएक बाटो बाट बाटो काट्ने क्रममा ना.१६ प. ४६३४ नम्बरको मोटरसाईल ठक्कर खादा मोटरसाईल चालक कोल्होवा ५ बस्ने ४० बर्षिय कृष्ण बहादुर खड्काको मृत्यु भएको हो ।

खड्काको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको इलाका प्रहरि कार्यलय नवलपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार नेत्र प्रसाद काफ्ले घाईते भएका छन,काफ्लेको दाहिने हात र छातिमा चोट लागेको  र अवस्था सामान्य रहेको प्रहरिले जनाएको छ। ठक्कर दिने बस र चालक प्रहरि नियन्त्रणमा रहेको नवलपुर प्रहरिले बताएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %