काठमाडौं ,२७ फागुन – संविधानसभामा रहेका र नरहेका साना सात दल मिलेर पहिचानमा आधारित संघीय गठवन्धन बनाएका छन् ।गठवन्धनकारी दलहरूले प्रतिवद्धता पत्रमा सोमबार हस्ताक्षर गरेका छन् । (प्रतिवद्धता पत्र पढनुहोस)
संविधानसभाभित्र पहिचानविरुद्ध षड्यन्त्र हुने निष्कर्षसहित गठवन्धनकारी साना दलहरुले पहिचानको पक्षमा जनजागरण अभियान चलाउने निर्णय गरेका छन् । ‘पहिचानको मुद्दालाई अझ सशक्त बनाउन मोर्चाबन्दी गरेका मोर्चाको निस्कर्स रहेकोछ । एउटै पार्टीसम्म बनाउने सक्ने गरी बनेको गठवन्धनमा मधेसी दलहरु, पहिचान पक्षधर संघ संगठनहरुलाई समेत समावेश गरिने छ ।
प्रतिवद्धता-पत्र सार्वजनिक भएपछि गठवन्धनको आगामी कार्यक्रम, कार्यसञ्चालन विधी र संचरनाबारे छलफल पनि गरिने एक नेताले बताए । सञ्चार माध्यमहरु पहिचान मैत्री नभएको भन्दै गठवन्धनले पहिचानको पक्षमा सञ्चार माध्यम र अन्तराष्ट्रिय स्तरमा समेत लविङ गर्ने बताइएको छ ।
गठवन्धनमा संविधानसभा चुनाव बहिस्कार गरेको -सामाजिक लोकतान्त्रिक पार्टी, कुमार लिङ्ग्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्का साथै गोपाल दहितको थरुहट तराई पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र आदिवासी जनजाति पार्टी छन् ।