मृतक शिक्षकहरुलाई पनि छोडेन अख्तियारले अठ्याउन

Read Time:2 Minute, 39 Second

देब पचभैया  

पाल्पा, फागुन २८ – नियमित रुपमा सम्पत्ति बिवरण बुझाएका पाल्पाका शिक्षकहरुलाई पनि अख्तियारले बिवरण नबुझाएको भन्दै जरिवाना तिर्न ताकेता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्पाका ३३१ जना शिक्षकलाई सम्पति बिवरण नबुझाएको भन्दै तत्काल जरिवाना तिरेर सम्पत्ति बिवरण बुझाउन निर्देशन दिएको छ । भाद्र २८ गते अघिनै सम्पति बिवरण बुझाएका शिक्षकहरुको बिवरण तयार पारेर केन्द्रमा पठाएका शिक्षकको नाउमा पनि नाम आएको जिल्ला शिक्षा कार्यालय पाल्पाले बताएको छ । केन्द्र बाट आएका नाम मध्ये अधिकांश बषौ अघि सरुवा भएका, मरेका र जागिर छोडेकाहरु भएको जिल्ला शिक्षा कार्यालय पाल्पाका शाखा अधिकृत लोकनाथ आचार्यले बताए ।

जिल्लाले तयार पारेर किताब खानामा पठाएको रिपोर्टलाई किताब खानाले अपडेट नगर्दा समस्या भएको जिल्ला शिक्षा कार्यालय पाल्पाले बताएको छ ।

शिक्षा मन्त्रालयले ताकेता गरी पठाएका ३३१ शिक्षक मध्ये जिल्ला शिक्षा कार्यालय पाल्पाको अभिलेखाअनुसार छानबिन गरी बिवरण प्राप्त नभएका ६४ जनालाई मात्रै आफुहरुले पत्र पठाएको बिधालय निरिक्षक रेशमलाल न्यौपानेले जानकारी दिए । पत्र काटेको मध्ये ४६ जनाले ५ हजार जरिवाना सहित बिवरण बुझाएको र बाकीलाई यो महिना सम्म सयम दिईएको  न्यौपानेले जानकारी दिएका छन ।

तर जिल्लाका ग्रामिण क्षेत्रका शिक्षकहरुले भने सम्पत्ति बिवरण बुझाउने समयको बारेमा शिक्षा कार्यालयले बेलैमा जानकारी नदिदा आफुहरुलाई समस्या भएको गुनासो गरेका छन् ।

शिक्षा कार्यालय मार्फत स्रोत ब्याक्तिले हेडमास्टर र हेडमास्टरले शिक्षकलाई जानकारी दिने प्रचलन रहेकाले पनि सुचना प्राप्तीमा समस्या भैरहेको शिक्षकहरुले बताएका छन् । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %