पेलाकोट, कल्लेरीमा जिप खस्यो

Read Time:1 Minute, 27 Second

स्याङ्जा

गल्याङ् , २७ फागुन – स्याङ्जाको पेलाकोट गाविस कल्लेरीमा आज अपरांह ४ वजे ग १ ज ४७१० नम्वरको जीप दुर्घटना हुदा झण्डै १२ जना घाइते भएकाता पनि उनिहरू खतरामुक्त छन् ।

गल्याङ् देखि कल्लेरी सम्म छुटेको जीप उकालोमा व्रेक फेल भै दुर्घटना भएको जीपमा सवार दल वहादुर रानाको भनाई छ । घाइते हरु वर्ष ७० का नरमति राना मगर , वर्ष ८० का वालमति राना मगर , वर्ष ७९ का नन्दकला राना मगर , वर्ष ७० का हर्षविर राना मगर , लगाएतलाई टाउको , निधार र हात र खुट्टामा चोट लागेको प्रतक्ष्य दर्शी भिम रानाले जानकारी दिए । निकै भिरालो स्थानमा भएको उक्त दुर्घटना स्थल हेर्दा ड्राइभरले निकै मेहनतका साथ ठुलो दुर्घटना देखि वचाएको देख्न सकिन्छ ।

घाइतेहरुलाई गल्याङ् सामुदायीक अस्पतालमा उपचार गराइएको छ भने एक को पाल्पा रिफर गरिएको प्रहरी चौकी गल्याङ्ले जनाएको छ । रिफर हुनेमा हातमा गम्भिर चोट लागेको अस्पतालको भनाई छ ।

विनोद रखाली मगर 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %