तामाङ सञ्चार समूहमा विनादेवी

Read Time:3 Minute, 28 Second

भैरब आङला

  धरान , २७ फागुन – पुर्वी नेपालको सुनसरी जिल्लाका सञ्चार क्षेत्रमा कार्यरत तामाङ सञ्चारकर्मीहरुको प्रथम जिल्ला भेलाले विश्वस्त सुत्र साप्ताहिकका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य विनादेवी तामाङको अध्यक्षतामा सर्वसम्मत ७ सदस्यीय तामाङ सञ्चार समूह सुनसरी गठन गरेको छ ।

समूहका उपाध्यक्षमा दन्तकाली एफ.एम. का पेमा लामा, सचिवमा विजयपूर एफ.एम. का प्रविन तामाङ, सहसचिवमा विजयपुर एफ.एम. कै मंगलसिंह तामाङ, कोषाध्यक्षमा निका तामाङ र सदस्यहरुमा धन कुमार तामाङ र सावित्री तामाङ रहेका छन् । भेलाले स्यालगर मासिक पत्रिकाका रविन गोले, गणतन्त्र एफ.एम. का रिता तामाङ र विजयपुर एफ.एम. का सुदिप योल्मोलाई सल्लाहकार चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष सुजेन्द्र गोले तामाङले तामाङ सञ्चारकर्मीहरुको पेशागत हकहीत, पत्रकारितामा समावेशीता र तामाङ समुदायको हकअधिकारका साथै सञ्चार माध्यममा तामाङ समुदायको पहुंचका लागि तामाङ सञ्चार समूह अपरिहार्य भएको भन्दै तामाङ सञ्चार कर्मीहरुको दक्षता अभिवृद्धिका लागि पहल गर्ने बताए । विशेष अतिथि तामाङ सञ्चार समूहका केन्द्रिय सदस्य सन्तवीर लामाले तामाङ पत्रकारहरुले तामाङ संस्कार, संस्कृति र इतिहासको खोज अनुसन्धान गर्नुका साथै सञ्चार माध्यममा तामाङहरुको पहुंचलाई स्थापित गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले जातिय पहिचान र मुक्तिका लागि तामाङ पत्रकारहरु संगठीत भएकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । भेलामा गोले वंशावली उत्थान संघका केन्द्रिय सदस्य तथा स्यालगर मासिकका प्रतिनिधि रविन गोले, विजयपुर एफ.एम.का प्रविन तामाङ, नेपाल तामाङ घेदुङका धरान नगर अध्यक्ष जय बहादुर मोक्तान, इटहरी अध्यक्ष चन्द्र गोम्देन लगायतले मन्तव्य राखेका थिए ।

भेला नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष राम बहादुर ग्यावाको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष केशव घिमिरे, सदस्यद्धय विनादेवी तामाङ र रिता तामाङलाई सम्मान समेत गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %