अपराधिक शैलीमा भारतीय प्रहीरी नेपाल प्रबेश, नेपाली प्रहरी बेखबर

Read Time:3 Minute, 6 Second

देब पचभैया

नवलपरासी, २६ फागुन -भारतीय प्रहरीले आज  अपराधिक शैलीमा नेपाल आएर अपहरणको शैलीमा एक जनालाई नियन्त्रणमा लिएर भारत लगेको छ ।

भारतीय प्रहरीले नेपाली भु–भागमा आई बिहान ९ बजे नवलपरासीको कुडिया गा.वि.स. ९ पथरकल्लाबाट एक जनालाई लगेको  छ ।

स्थानीयबासीले दिएको जानकारी अनुसार ५–६ जनाको समुहमा हातहतीयार सहीत रातो रंगको भारतीय नंम्बर प्लेटको बोलोरो चढी आएका भारतीय प्रहरीले पथरकल्ला ९ बस्ने अन्दाजी ५७—५८ वर्षीय रामचन्द्र मल्लाहलाई हतीयार देखाई जबरजस्ती अपहरणको शैलीमा नियन्त्रणमा लिएर गएका छन् ।

उनीहरुले मल्लाहलाई त्रिवेणी व्याराजपुलहुदै भारत विहार तर्फ लगेको स्थानीय बसीले जानकारी दिएका छन् । नेपाली भूमिमा आएर भारतीय प्रहरीले मानिसलाई समातेर लैजांदासम्म पनि नवलपरासीको प्रहरी प्रशासन भने बेखबर रहेको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा आफुहरुलाई पनि त्यस्तै जानकारी प्राप्तभएको र त्यस बारेमा अनुसन्धानकार्य भैइ रहेको जिल्लाप्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मल्लाहमाथि भारतमा वारेन्ट भएका कारण उनी आफ्ना बुहारीको घर नेपालमा बस्दै आएका थिए । भारतीय प्रहरीले नेपालमा प्रवेश गरेर भारतीय अपराधी नियन्त्रणमा लिएको खबर आफुले पनि सुनेको नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि गौतमले बताए ।

मल्लाह विगत २० वर्ष देखि नवलपरासीमा बस्दै आएका छन् भने उनीसँग नेपाली नागरिकता पनि छ । भारतमा अपराध गरी नेपालमा विगत लामो समयदेखि बस्दै आएका केही अपराधीहरुलाई भारतीय प्रहरीले यसअघि पनि नेपाल सीमा भित्रैबाट पक्राउ गरी लग्ने गरेको छ । यसरी पक्राउ गरिएका मध्ये केही अपराधीलाई मुठभेड भन्दै भारतीय भूमिमा लगेर गोली हानेर हत्या गरेको छ भने केहीलाई भारतीय जेलमा राखेको स्थानिय बासीहरुले बताएका छन् ।

यसअघि भारतीय प्रहरीले कुडिया गाविस ३ सेखुवानामा बसोबास गरेका रुदल यादवलाई २०६७ सालमा नेपाल प्रहरीको सहयोगमा भारत लगेर हत्या गरेको थियो । भारतीय प्रहरीले यसअघि नवलपरासीबाट १ दर्जन बढी भारतीय अपराधीलाई पक्रेर लगिसकेको छ ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %