मगरघाटको अधिबेशन सम्पन्न

Read Time:1 Minute, 38 Second

देब पचभैया

बुटवल ,फागुन २५ – मगर घाट विकास तथा व्यवस्थापन परिषद् बुटवलको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

परिषद्ले बुटवलमा एक कार्यक्रम गरी साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनले पदमप्रकाश रानाको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ज्ञानबलबहादुर थापा, सचिवमा तोजमान थापा, सहसचिवमा गौमाया थापा, कोषाध्यक्षमा गोपाल चौहान, सदस्यहरुमा शंकर गाहा, गीता सारु, रोमबहादुर झेंडी, लिला सिंजाली, सरिता थापा, बलबहादुर पुन, थर्क बहादुर बारघरे र सरिता श्रीस निर्विरोध चयन भएका छन् ।  

अध्यक्ष होमबहादुर गलामीको अध्यक्षता तथा समाजसेवी ईश्वर बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले कोषाध्यक्ष गोपाल चोहानको आर्थिक प्रतिवेदन तथा अध्यक्षको प्रगति प्रतिवेदनलाई पास गरेको छ ।

उपाध्यक्ष महेशकुमार रानाको स्वागत तथा सचिव दिपक थापाको सचालनमा भएको कार्यक्रममा तिलबहादुर थापा, जंगबहादुर श्रीस, डिलबहादुर खाम्चा, फोनिज रुपनदेहीका अध्यक्ष मिलन गाहा, राजु राना, लगायतले बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %