जापानमा ग्याल्बो लोसार सम्पन्न

Read Time:2 Minute, 58 Second

जापान  

 

ओकाजाकी , ९ मार्च – शेर्पा संघ टोकाई जापानले आयोजना गरेको २१४१औ सिङ् फो लो लोसार पर्ब आज बिबिध कार्यक्रम सहित भब्य सम्पन्न भएकोछ ।

सो कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष मन बहादुर पुन मगरको प्रमुख अतिथि र एन आर एन ए एसिया प्यासेफिकका संयोजक गोबिन्द श्रेष्ठ को  बिसेस अतिथि रहेको थियो ।

त्यस्तै अन्य अतिथि हरुमा नेपाल मगर संघ टोकाई जापानका अध्यक्ष दिलिप राना मगर, थकाली सेवा समिति  टोकाई जापानका उपाध्यक्ष गोपाल शेरचन,  नेपाल तामांग संघ च्युबू क्षेत्रीय समिति जापानका महासचिव कर्मा दोङ्ग तामांग मिय , जापानिज भाषा विध्यालयका शिक्षिका याम कुमारी गाहा मगर, नेपाल पत्रकार संघका जापान सदस्य निशान राना मगर, नेपाली समाचार तथा समुद्रपारी का टोकाई संपादक श्याम राना मगर लगाएत ले आशनग्रहण सहित शुभकामना मन्तब्य दिएका थिए ।

 

उक्त कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष पासांग शेर्पाले र कान्छा शेर्पाले लोसारको बारेमा  जानकारी सहित स्वागत र संचालन संघका सदस्य सचिव निमा लामाले गरेका थिए । 

प्रमुख अतिथि तथा सभापतिले संयुक्त रुपमा दियो प्रज्वलन गरि कार्क्रमको सुरूवात गरेका थिए । कार्यक्रमको शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि  पुन ले सबै आदिवासी जनजातिहरुले यसरी नै विविध कार्यक्रम गरी आफ्नो कला र संकृतिलाई बचाई राख्नु पर्ने बारेमा जोड दिएका थिए ।

साथै शेर्पा जातिको परमपरा झल्कने नाच स्याबु्र नाच लगायत बिबिध मनोरजनात्मक सास्कृतिक पनि प्रश्तुत गरेका थिए  । कलाकारहरु पासांग शेर्पा, ल्हाक्पा ग्याल्जे शेर्पा, आङ फुर्वा शेर्पा, काल्जेन शेर्पा, ल्हाक्पा फुती शेर्पा, र पेमा शेर्पा हरूले आ-आफ्नो कला प्रस्तुत गरेका थिए । अन्य विविध सांगीतिक कार्यक्रम भने विहानै सम्म धुमधाम संग अतिथि पाहुनाहरू झुमिरहे का थिए । 

श्याम राना मगर , जापान

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %