रूपन्देहि
देवदह , फागुन २३ – लागु औषध नियन्त्रणका लागी दण्ड भन्दा चेतनाको बढि महत्व हुने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक विक्रम सिं थापाले बताए ।
उहाले लागुऔषधमा फसेका युवाहरुलाई मुक्त गर्न समस्या हुने हुदा समयमै अभिभावक सचेत हुनु पर्नेमा जोड दिए । प्रहरी उपरिक्षक थापाले प्रहरीले मात्र लागु औषध न्यूनिकरण गर्न नसक्ने हुदा प्रहरी, नागरिक समाज र अभिभावकहरु एक जुट भएर सचेतना लाग्नु पर्ने बताए । रुपन्देहीको देवदहमा आयोजित लागु औषध तथा सार्वजनिक स्थानमा धुम्रपान सेवन विरुद्ध वृहत्त जनचेतना र्याली पछि भएको सभामा बोल्दै थापाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उपरिक्षक थापाले प्रहरी नागरिकहरुको सेवक भएको कारण नागरिकलाई शान्ति सुरक्षा दिन प्रतिवद्ध रहेको बताए । कलम कापी समात्ने विद्यार्थीहरुले सुर्ती, चुरोट, माद्यक पदार्थ लगायतका लागुऔषध सेवन गर्ने गरेको हुदा लागुऔषध विरुद्ध सवै एक जुट भएर लाग्नु पर्नेमा जोड दिए ।
देवदह गाविसका सचिव टेकराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी उपरिक्षक शुसील कुमार यादव, नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली, नेकपा एमाले देवदहका अध्यक्ष पदम थापा, एकिकृत माओवादी देवदहका अध्यक्ष मोतीलाल ढकाल, मित्रलाल न्यौपाने, कृष्णप्रसाद पौडेल, वासुदेव रिमाल, विद्यालक्ष्मी गुरुङ्ग लगायतले बोल्दै लागुऔषध नियन्त्रणका लागी सवैको साथ र सहयोगको खाचो रहेको औल्याएका थिए ।
कार्यक्रम पुर्व देवदह–५, शतिलनगर देखि केरवानी उच्च मावि खैरेनी सम्म धुम्रपान सेवन विरुद्ध वृहत्त जनचेतना र्याली सम्पन्न गरिएको थियो । र्यालीमा राजनैतिक दलका प्रतिनिधि, विद्यार्थी, आमा समूह, युवा क्लव तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो । देवदह उपस्वास्थय चौकीका प्रमुख जयकिशन अधिकारीको सञ्चालन र यम रानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोविन्द घर्ति
