अनाथ बालबालीकाको लागी आँटे कामे मगर सगरमाथा चड्न

Read Time:5 Minute, 0 Second

  सगरमाथा चड्न जानेसोलु बालकल्याण अनाथालय संस्थाका अध्यक्ष कामे मगर बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको क्षेत्रबाट सगरमाथाको आरोहण गर्ने सुरसार गर्दैछन् । आफ्नै साथीसंगीको सहयोगबाट सगरमाथा आरोहण गर्ने सोच बनाएका मगर अहिले सहयोग संकलन गर्न व्यस्त छन् ।

२५ बर्षअघि पर्यटक भरियाको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका मगर यसअघि सगरमाथाको ८ हजार मिटरको उचाईसम्म पुगिसकेका छन् । अनाथ, द्धन्द्धपीडित, वेवारिसे, अपाङगता भएका र बालश्रमका परेका बालबालिकाहरुको शिक्षादिक्षाका लागि सगरमाथा आरोहण गर्न लागेको कामे मगरले बताए । कामे मगर सोलु बालकल्याण सगरमाथा चड्न संस्थाका अध्यक्ष हुन ।

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको एक मनका धनी कामे मगरलाइ संसारमा रहेका सम्पुर्ण प्रिय दानविरहरु प्रति सयोगी हातहरु बढाइ दिन मेरो पनी हार्दिक अनुरोध छ । साथै सयोगको लागी सयोगी हातहरु फिजाइ दिनु होला ।

सगरमाथा आरोहणका लागि के कस्तो तयारी हुदैछ ?

अहिले म नेपालीजनहरु सँग सहयोगको याचना गरेर हिडिरहेको छु । केही संघसंस्था र व्यक्तिबाट सहयोग गर्ने वचन पाएको छु । हालसम्म अक्सिजनका लागि र सामान ढुवानीका लागि सहयोग गर्छु भन्ने सहयोगी दाताहरुलाई पाएको छु । म अहिले पनि निरन्तर रुपमा यही अभियानमा व्यस्त छु । आरोहण दस्तुर मिनाहाका लागि पनि प्रक्रिया अगाडि बढाएको छु । म फागुन २३ गते सोलु बालकल्याण अनाथालय संस्थाको कार्यालय जोरपाटीबाट निस्कनेछु । पहिलो दिन म टुँडीखेलमा बस्छु । २४ गते पोखरा जानेछु त्यहाँ २ दिनको बसाई हुनेछ । त्यसपछि २६ र २८ गते बाग्लुङ जान्छु र अर्को दिन वाग्लुङको पनि दुर्गम भागमा जानेछु । त्यसपछि पाल्पा हुदै म लुम्बिनी जान्छु । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पुगेपछि म नवलपरासी हुदै विराटनगर जाने कार्यक्रम रहेको छ ।

जहाँ जहाँ पुग्छु म नेपालीहरुको औकात बमोजिम सहयोगको हात फैलाउनेछु । त्यसपछि विराटनगरबाट म काठमाडौ फर्कनेछु र मन्त्रालयमा ब्रिफिङ दिनेछु । त्यसपश्चात पुनः विराटनगर नै फर्केर इलाम, भोजपुर, खोटाङ हुदै सोलुखुम्बुको विभिन्न भाग भएर बैशाखको १५ गते सगरमाथाको आधारशिवीरमा पुग्ने कार्यक्रम रहेको छ ।

हेर्नुहोस् म अनाथालयमा रहेका बालबालिकाहरुको सहयोगको लागि सगरमाथा आरोहण गर्दैछु । सामाजिक सेवाको क्षेत्रमा काम गर्ने विश्वमा हजारौं सामाजिक संघसंस्थाहरु छन् ती मध्ये बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरु सेवाको अग्रणी र महत्वपूर्ण क्षेत्र हुन् भन्ने तथ्यलाई विश्वसामु स्थापित गर्न बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाको तर्फबाट विश्व किर्तिमानी कायम गर्न म सगरमाथा आरोहण गर्दैछु ।

अनि अनाथालयका अध्यक्षले सगरमाथा आरोहण गर्दा अनाथ बालबालिकाको सहयोग कसरी हुन्छ ?

म मेरो आरोहण सफल पार्नका लागि सहयोग जुटाउदै हिडेको छु । आरोहणको खर्च बाहेक बाँकी संकलित रकम संस्थामा आश्रित बालबालिकाको भरणपोषण एवं शिक्षादिक्षाको लागि खर्च गर्नेछु मेरो आरोहणको लागि करीब ३६ लाख रुपैयाँको अनुमान गरेको छु । यसका साथै मेरो आरोहण सफल भएर म बाँचे भने यी बालबालिकाहरुले एउटा कर्मठ पिता पाउंनेछन् यदि दुर्घटनामा परेर म फर्किएन भने पनि यो कथा सुनेर संसारका हजारौं दयालु र सहयोगी अभिभावकहरू पाउनेछन् र यी बालबालिकाहरुले आफ्नो भविश्य उज्जवल बनाउनेछन् ।

दिलिप राना मगर,जापान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %