लागु पदार्थ ओसार पसारको प्रमुख केन्द्र बुटवल

Read Time:2 Minute, 11 Second

गोविन्द घर्ति

देववदह, फागुन २१ – रुपन्देही जिल्ला लागु पदार्थ ओसार पसारको प्रमुख केन्द्रको रुपमा विकसित हुदै गएको रुपन्देहीका प्रहरी उपरिक्षेक विक्रम सिं थापाले बताए । उनले लागु पदार्थ दुव्र्यसन नियन्त्रण गर्न प्रहरी र समुदाय बीच सहकार्यको आवश्यकता रहेको औल्याए ।

   रुपन्देहीको देवदह, सालझण्डी र सिद्धवावा क्षेत्रमा लागु औषध सेवनकर्ताको भयावह अवस्था रहेको उनले बताए । उपरिक्षेक थापाले खुल्ला सिमानाका कारण लागु औषध न्यूनिकरणमा समस्या देखिने गरेकोले सवैको सहयोग  भएमा मात्र समस्या समाधान गर्न सकिनेमा जोड दिए  । देवदह गाविसको आयोजनामा लागुपदार्थ दुव्र्यसन विरुद्ध अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।  देवदह गाविसका सचिव टेकराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वासुदेव रिमाल, कृष्ण पौडेल, त्रिलोचन दाहाल, दण्डपाणी भट्टराई, दुर्गा पौडेल, यम राना लगायतले आ–आफना भनाई राखेका थिए । अन्र्तक्रियाले आगामी शुक्रवार लागुऔषध सेवन विरुद्ध बृहत जनचेतना मुलक र्याली गर्ने निर्णय गरेको छ ।

र्याली सम्पन्न गर्न देवदह गाविसका सचिव टेकराज भट्टराईको संयोकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरेको छ । जसको सदस्यहरुमा जयकिशन अधिकारी, मित्रलाल न्यौपाने, विद्यालक्ष्मी गुरुङ्ग, जितु वि.क, जगदिश तिमिल्सेना, गोविन्द घर्ति रहेका छन् । जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %