देब पचभैया
पाल्पा, फागुन २० – गएको १६ गते देखि शुरु भएको पाल्पा महोत्सको आज, पाचौ दिन । अहिले सम्म ४० हजार बढी दर्शकले मेलाको अबलोकन गरेका छन् भने २० लाख बढीको आर्थिक कारोबार भएको मेला आयोजक पाल्पा उधोग बाणिज्य संघले जानकारी दिएको छ ।
दिनानुदिन चर्चित कलाकारहरुको प्रस्तुति भैरहेकोले पनि दर्शकहरुको चाप बढीरहेको बताईएको छ । मेलाको सास्कृतिका कार्यक्रममा आज लोक दोहोरी गायक प्रजापति पराजुली, राजु गुरुङ्ग, जनबादी गाएक जिबन सर्मा र सरला पाण्डेले दर्शकहरुलाई नचाएका थिए ।
२५ गते सम्म चल्ने मेलामा ३ सय ७ वटा स्टल रहेका छन् । २ लाख ५० हजार बढी दर्शकले मेलाको अबलोकन गर्ने र मेला अबधीमा ५ करोड बराबरको कारोबार हुने पाल्पा उधोग बाणिज्य संघले अनुमान गरेको छ ।
मेलामा मुल ढोकाको नमुनामा स्वागत गेट निर्माण गरिएको छ भने रानीमहल दरबारको नमुनामा निर्माण गरिएको घर भित्र सचिबालय स्थापना गरिएको छ ।
महोत्सबाट उठेको पैसा बाट पाल्पाको पर्यटकिय क्षेत्रको बिकास र पाल्पा उधोग बाणिज्य संघले तानसेन , १० गोर्खेकोटमा बनाउन लागेको बहुउदेश्सिय भवनमा खर्च गरिने आयोजकहरुले बताएको छन् ।
