जापान शेर्पा संघ टोकाईको चुले निम्तो

Read Time:1 Minute, 58 Second

जापान

तोकाई , ४ मार्च – शेर्पा संघ तोकाई जापानले ८ मार्च २०१४ मा २१४१ औ नया बर्ष  शिङ, फ त लो मनाउने तयारी पुरा भएको संघका अध्यक्ष पासांग शेपाले जानकारी गराएका छन् ।

  आईची केन किता ओकाजाकी स्थीत साईगोन ओके रेष्टुरेन्टको सभाहलमा बेलुकी ७ बजे देखि विहान ६ बजे सम्म मनाउने तयारी पुरा भएकोछ । उक्त कार्यक्रममा नेपालका चर्चित गायक कर्मा दोंग तामांगको प्रस्तुती रहने तथा शेर्पा जातिको परमरागत नाचीने सेब्रो नाच पनी प्रस्तुत हुने संघका अध्यक्ष पासांग शेर्पाले राज्यसत्तालाई जानकारी गराए ।

जापान बासी सम्पुण नेपालीहरुलाई उक्त पर्वमा शेर्पा संघ टोकाईले  चुले निम्तो पठाएकोछ । जापानको तेस्रो ठुलो शहर नायोया बाट र राजधानी शहर टोक्यो बाट कार्यक्रम हुने ठाउ सम्म रेल बाट आउन जे.आर. ओकाजाकि स्टेसनबाट रेल चेन्ज गर्नु पर्ने छ ।

विश्वकै चर्चित जापानको औधोगीक शहर टोयोटा सिटी बाट आउनको लागी जे. आर. सिन टोयोटा स्टेनसन को प्लेटफर्म नं. १ बाट ट्रेन चढ्नु पर्ने तथा आफ्नै नीजि सवारी साधानमा आउनुहुने पाहुनाहरुको लागी फ्रि पार्किंग को व्यवस्था समेत भएको जानकारी गराइएको छ ।

विस्तृत जानकारीको लागी सम्पर्क:

पासांग शेपा  ०९० ९१७१ ५५०५

कान्छा शेर्पा  ०८० ४१२८ ६४१५

श्याम राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %