देब पचभैया
पाल्पा, फागुन १८ – आइतबार तानसेनमा सम्पन्न पत्रकार महासंघ पाल्पाको नवौ अधिबेशनमा आदिबासी जनजाति पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक सहित ५ जना केन्द्रिय सभासदमा निर्बाचित भएका छन् ।
अधिबेशनान क्षेत्रिय संयोजक देब पचभैया, फोनिज रुपन्देहीका शाखा अध्यक्ष यम गाहा, फोजिन पाल्पाका सल्लाहकारहरु राजेन्द्र लिगल, दल बहादुर गुरुंग र फोनिजका पाल्पा सदस्य रिखिराम राना केन्द्रिय सभासदमा निर्बाचित भएका हुन् ।
दुई दिन सम्म चलेको महासंघको अधिबेशनले फोनिज पाल्पाका जिल्ला अध्यक्ष राजकुमार आले कार्यसमिति सहसचिब र फोनिज पाल्पाका सदस्यहरु रन बहादुर कुमाल र सिना सोमैलाई कार्यसमिति सदस्यमा चयन गरेको छ ।
सर्बसम्मत रुपमा भएको अधिबेशनले राजेशकुमार अर्याल सभापतिमा चयन भएका हुन् । उपाध्यक्षमा टेकनारायण भट्टराई, सचिवमा किरण कौशल, र कोषाध्यक्षमा मिलन बिश्वकर्मा निर्वाचित भएका हुन् ।
अधिबेशनबाट यज्ञमूर्ति तिमिल्सिना, कृष्ण दर्नाल, कृष्ण पोखरेल, कृष्ण कार्की, भोजराज भट्टराई, तिलाचन पाण्डे, गीता खनाल र टीकाराम बस्याल सदस्यमा चयन भएका छन् ।
केन्द्रिय सभासद हुनेहरुमा मेघराज शर्मा, गोविन्द भट्टराई, भगवान भण्डारी, गोपाल प्रसाद बस्याल, रामप्रसाद न्यौपाने, मुना घिमिरे, बासुदेव ढकाल, कमलराज तिमिल्सिना, अमृत अधिकारी र सन्तोष बस्याल रहेका छन् ।
गोविन्द भट्टराई, झपेन्द्र गहिरे र निवर्तमान अध्यक्ष भगवान भण्डारीलाई सल्लाहकारमा राख्ने निर्णय गरेको छ । प्रेस युनियनमा आबद्ध पत्रकार हरुले बहिस्कार गरेको पाल्पा शाखाको नवौ महाधिबेशनमा प्रेस चौतारी, क्रान्तीकारी पत्रकार संघ, क्रान्तीकारी पत्रकार महासंघ र जनजाति पत्रकार महासंघ मिलेर सर्बसम्मती रुपमा नया कार्यसमिति चयन गरेका हुन् ।
