महासङ्घ स्याङ्जाको अध्यक्षमा डोटेल निर्वाचित

Read Time:2 Minute, 33 Second

देब पचभैया

स्याङ्जा, १८ फागुन – नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखाको तेस्रो जिल्ला अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष पदमा प्रकाश डोटेल सर्वसम्मतिले निर्वाचित भएका छन् ।

अधिवेशनले उपाध्यक्षमा राधाकृष्ण डुम्रे, सचिबमा भवानी अधिकारी, सह(सचिवमा सुरेन्द्र गौडेल र कोषाध्यक्षमा अर्जुन काफ्ले निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरूमा प्रदीप कोइराला, श्रीकृष्ण सिग्देल, टीकाराम अधिकारी, रोशन लामिछाने, हरिवल्लभ पाठक र गोपाल जिटी निर्वाचित भएका हुन् ।

त्यस्तैगरी केन्द्रीय पार्षदहरूमा पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, इन्द्रबहादुर गोदार र जानु पङ्गेनी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष डोटेलले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका विषयमा आफू केन्द्रीत भएर लाग्ने तथा जिल्ला शाखाको भवन निर्माण कार्यलाई अगाडि बढाउने प्रतिवद्धता जनाए । पत्रकार महासङ्घ स्याङ्जामा कूल २३ जना साधारण सदस्य रहेका छन् ।

त्यस अघि अधिवेशनका उद्घाटनका अवसरमा बोल्ने बक्तहरुले लोकतन्त्र संस्थागत, स्थायी शान्ति र राष्टि्यताका लागि खोजमूलक तथा सामाजिक उत्तरदायिपूर्ण पत्रकारिता आजको आवश्यकता भएकोमा जोड दिएका थिए ।

बक्ताहरूले नेपालको सार्वभौमसत्ता, जनताको अधिकार, स्थायी शान्ति, विकास निर्माणलगायतका क्षेत्रमा पत्रकारहरूको पत्रकारको कलम जिम्मेवार हुने बताएका हुन् ।

१९ जना सदस्य रहेको जिल्ला शाखामा महासङ्घको केन्द्रीय समितिले स्याङ्जा शाखालाई कुनै जानकारी नै नदिई एमाले निकटका चार जना गैर पत्रकारहरूलाई समावेश गरेर पठाएको भन्दै जिल्लाका क्रियाशील पत्रकारहरूले आपत्ति जनाएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %