देब पचभैया
बुटवल,१८ फागुन – नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित भएका छन् ।
महासंघको शनिबार सम्पन्न नवौं अधिवेशनमा प्रेस युनियनका उम्मेदवार रामराज पोखरेललाई पराजित गर्दै प्रेस चौतारीका केसी निर्वाचित भएका हुन् । चुनावमा प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ,क्रान्तिकारी पत्रकार महासंघ लगायतका वाम दल निकट पत्रकारका संगठनहरुको संयुक्त प्यानल र प्रेस यूनियनको प्यानलका विच प्रतिस्पर्धा भएको थियो ।
महासंघको उपाध्यक्षमा प्रेस युनियनका हरिष ढकाललाई पराजित गर्दै क्रान्तिकारी पत्रकार संघका यानेन्द्र जिसी निर्वाचित भए । सचिवमा यूनियनका भवानीप्रसाद पाण्डेलाई पराजित गर्दै क्रान्तिकारीका रुद्रहरि कुंवर विजयी भए ।
यसैगरि कोषाध्यक्षमा वाम प्यानलका क्रान्तिकारी पत्रकार महासंघका दीपक विश्वकर्मालाई पराजित गर्दै युनियनका विश्वास ढकाल विजयी भएका छन् । सहसचिवमा युनियनका शोभाकान्त रेग्मीलाई हराउंदै चौतारीका सुरज भण्डारी विजयी भए । यसैगरी समावेशीतर्फ महिला आरक्षणमा तीन जनाको उम्मेदवारी परेकोमा युनियनकी सञ्जु पौडेल निर्वाचित भइन् भने जनजातितर्फ चौतारीका स्वस्तिक श्रेष्ठ विजयी भए । चार आरक्षण मध्ये दलिततर्फ विनोद परियार र मधेशीमा रामविकास चौधरी निर्विरोध निर्वाचित भए ।
खुल्ला आठ सदस्य पदमा दिपु ज्ञवाली, लक्ष्मण पोखरेल, सिपि खनाल, कपिल ज्ञवाली, तेजेन्द्र केसी, भरत प्रधान, दिपक घिमिरे र केशव भण्डारी निर्वाचित भए ।
यसैगरि केन्द्रिय पार्षदहरुमा दिपक ज्ञवाली, सुमन अधिकारी, यमलाल भुषाल, बालकृष्ण चापागाइ, खिमान्न्द भट्टराइ, दिपेन्द्र कुंवर, अमृता अनमोल, विष्णुप्रसाद घिमिरे, महेन्द्र थापा, अमृत गिरी, इन्दिरा अर्याल, माधव नेपाल, भगवती पाण्डे, विनोद पहाडी, डिआर घिमिरे, भरत केसी, विक्रम खड्का, रामकृष्ण भण्डारी, हरि लम्साल, डायलसन अधिकारी, टेक बहादुर मास्की, बाबुराम भट्टराई, यम राना, विपि गौतम, चेतन पन्त, बसन्त पोखरेल, मिना ढकाल, भिम गुरुङ, टिपि भुषाल, दामोदर खनाल टोपराज शर्मा, र माया गौतम निर्वाचित भए ।
खुल्ला ८ सदस्यका लागि २२ जना र ३२ केन्द्रीय पार्षदका लागि ६२ जनाबीच प्रतिस्पर्धा भएको थियो । २ सय २१ मतदाता रहेकामा २०५ मत खसेको थियो ।
