पत्रकार महासंघ गुल्मीको अध्यक्षमा भुसाल निर्वाचित

Read Time:3 Minute, 18 Second

देब पचभैया

गुल्मी, फागुन १८ गते – नेपाल पत्रकार महासंघ गुल्मीको अध्यक्षमा नवराज भुसाल निर्वाचित भएका छन् ।

हिजो र आज दुई दिनसम्म चलेको संघको चौथो जिल्ला अधिवेशनले भुसालको नेतृत्वमा सर्वसहमतिमा नयाँ समिति गठन गरेको हो । दुई दिनको लामो छलफल तथा प्रयासपछि पत्रकार महासंघको नेतृत्व सर्वसहमत भएको हो ।

समितिको उपाध्यक्षमा भरत पाण्डे, सचिव तारा भुसाल, सह–सचिव ज्ञानवहादुर महतरा र कोषाध्यक्षमा अनिल खत्री निर्वाचतभएका छन् । यसैगरी सदस्यहरुमा पि.एम. सर्तुङ्गी मगर, टोपलाल अर्याल, नारायण मरासिनी, सीता भण्डारी र योगेन्द्र काउछा निर्वाचित भए । एक जना दलित सदस्य कार्य समितिले पछि मनोतित गर्ने नव–निर्वाचित अध्यक्ष भुसालले बताए ।

यसैगरी केन्द्रिय पार्षदहरुमा जनार्दन घिमिरे, रेशम कुवँर, घनश्याम गौतम, नरेश भण्डारी, सञ्जिवनी अर्याल, कमल पौडेल, गोकुल श्रेष्ठ र तिलक महत रहेका छन् । नव–निर्वाचित समितिका अध्यक्ष भुसालले आफुले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्नु साथै महासंघको भवन निर्माणलाई पुर्णता दिनु नै आफ्नो प्रमुख कार्य भएको बताए । साथै अध्यक्ष भुसालले पत्रकार महासघलाई सबै पत्रकारहरुको छाता सगठनका रुपमा समेत चिनाएर लैजाने समेत प्रतिबद्धता गरेका छन ।       

घोषणा सभामा प्रमुख अतिथि केन्द्रीय प्रतिनिधी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपक पाण्डेय, महासंघ शाखा गुल्मीका निवर्तमान अध्यक्ष घनश्याम गौतम, संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, निर्वाचन अधिकृत प्रेमराज आचार्य, लगायतले सबै पक्ष मिलेर सहमतिका आधारमा नयाँ कार्य समिति चयन गरेकोमा अत्यन्त हर्षित बनेको बताउँदै अन्य क्षेत्रलाई पनि नेपाल पत्रकार महासंघलाई हेरेर काम गर भन्ने सन्देश दिन सकेको बताए ।

बक्ताहरुले हामीहरु स–साना कुरामा अल्झियौँ भने ठुल्ठुला कुराहरु ओझेलमा पर्ने बताउदै संस्थागत स्वार्थका लागि सबै जुट्न समेत आग्रह गरे । कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रेमनारायण आचार्य, सदस्य शेषकान्त गौतम र सदस्य मधु आचार्यलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो भने केन्द्रीय प्रतिनिधी पाण्डेयलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %