तनहुँ महासंघमा दुई जना अध्यक्ष , आधा आधा खाने !

Read Time:1 Minute, 49 Second

देब पचभैया

तनहुँ, १८ फागुन – नेपाल पत्रकार महासंघ तनहुँको नयाँ नेतृत्व दुई जनाले गर्न पाउने भएका छन् । दमौलीमा सम्पन्न महासंघको नवौं जिल्ला अधिवेशनले अध्यक्षका प्रत्याशी प्रेस यूनियन तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारी र प्रेस चौतारीका जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई समान २८ मत प्रदान गरेपछि दुबै बीच तीन वर्षे कार्यकाल आधा बाँढ्ने अवस्था आएको छ ।

गोलाप्रथा अनुसार पहिलो आधा कार्यकाल भने भट्टराईले सम्हाल्ने छन् । अधिकारीलाई पहिलो कार्यकालमा सल्लाहकारको भूमिका रहनेछ भने दोस्रो कार्यकालमा अधिकारी अध्यक्ष र भट्टराई सल्लाहकार रहनेछन् । अधिकारीलाई यूनियनले एकल प्यानलमा अध्यक्षको उम्मेदवार बनाएको थियो भने भट्टराईलाई प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघले साझा उम्मेदवार उठाएका थिए । ६२ मतदातामध्ये ५८ जनाले मत प्रयोग गरेकामा तीन मत बदर भएको थियो ।

अधिवेशनले उपाध्यक्षमा समुन्द्र पौडेल, सचिवमा उज्वल पौडेल निर्वाचित भएका छन् । यसैबीच नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको रनबहादुर चिजाकुमारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारद्वय मुक्तिनाथ खनाल र गोरा मियाँ सम्मानित भएका छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %