जापानका मगरले लखनलाइ सम्झिदै ३२ औं मगर दिवस मनाए

Read Time:1 Minute, 33 Second

जापान,

 

 

 

 

आईची केन , नेपाल मगर संघ टोकाई जापानको आयोजनामा हिजो  आईची केन स्थीत कारीया सिटीमा ३२औं मगर दिवस तथा नेपालका प्रथम शहिद लखन थापा मगरको १३७औं स्मृति दिवस सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपालआदिवासी जनजाति महासंघ जापानका अध्यक्ष श्री मन बहादुर पुन मगरको प्रमुख आतिथ्यता रहेको थियो भने,  अतिथिहरुमा शेर्पा संघ तोकाई जापानाका अध्यक्ष श्री पासांग शेर्पा, मगर संघ तोकाईजापानका संरक्षक समेत रहेका वापा श्री भिजेन्द्रमान पुन मगर लागाएत तोकाई क्षेत्रमा संगठित बिभिन्न संघ संस्थाका पदाधिकारी हरुको उपस्थिती रहेको थियो । कार्यक्रम अध्यक्ष दिलीप राना मगरको अध्यक्षतामा  संचालन संस्थाका महासचिव कौडा बुढा मगरले र सचिव र श्रीबहादुर पुन मगरको स्वागत मन्तव्य रहेको थियो ।

मगर दिवस तथा प्रथम शहिद लखन थापामगर को बारेमा वापा भिजेन्द्रमान पुन मगरले प्रष्ट्याएका थिए । कार्यक्रको समापन संस्थाका अध्यक्ष श्री दिलीप राना मगरले गरेका थिए।

श्याम राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %