जापानका जनजातिले प्रथम शहिद लखनलाइ सम्झे

Read Time:2 Minute, 10 Second

जापान,

  टोयोटासिटी – नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको १३७ औं स्मृति दिवस गत हप्ता टोयोटा सिटीमा सम्पन्न भएकोछ ।संस्थाका अध्यक्ष मन बहादुर पुन मगरको सभापतित्वमा संस्थाका सल्लाहकार समेत रहेका नेपाल मगर संघ टोकाई जापानका वापा भिजेन्द्रमान पुन मगरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संस्थाका सदस्य कौडा बुढा मगरको स्वागत मन्तव्य र संस्थाका महासचिव कान्छा शेर्पा ले संचालन गरेका थिए ।

अतिथि हरुमा नेपाल मगर संध टोकाई जापानका अध्यक्ष दिलीप राना मगर, शेर्पा संघ टोकाई जापानका अध्यक्ष पासांग शेर्पा, थकाली सेवा समिति टोकाई जापानका उपाध्यक्ष योगेन्द्र शेरचन, नेपाली समाचार तथा अनलाईन पत्रीका समुद्रपारी डटकमका टोकाई सम्पादक श्याम राना मगर लगाएत रहेका थिए ।

कार्यक्रमको उद्धघाटन पछी क्या. लखन थापा मगरको तस्वीरमा अतिथिहरु बाट माल्यार्पण गरि १ मिनेट मौनधारण गरिएको थियो ।

प्रमुख अतिथि भिजेन्द्रमान पुन मगरले सहिद लखन थापा मगरको बारेमा प्रष्ट पारेका थिए । अतिथिहरुको मन्तव्यमा प्राय सबैले क्या. लखन थापा मगरको स्मृति दिवस राष्ट्रिय स्तरमा हुनु पर्ने र नेपाल सरकारले प्रथम सशिदको धोषणा गर्नु पर्छ भन्ने धारणा सबैको एक मत थायो ।   

अन्तमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति मन बहादुर पुन मगरले कार्यक्रमको समापन गरेको थिए ।

श्याम राना मगर 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %