विस्थापित लाइ स्थापित गर्न माग राखे प्रेम माझिले

Read Time:4 Minute, 43 Second

विनोद रखाली मगर / स्याङ्जा

गल्याङ् , फागुन १७ – आदिवासी जनजाति युवा महासंघ केन्द्रीय समितिको १० औं पुर्ण वैठक स्याङ्जाको पर्यटकिय क्षेत्र तथा नेपालकै ठुलो जलविद्युत केन्द्र मिर्मिमा सुरु भएको छ । महासंघका कार्यवाहक अध्यक्ष इन्द्र गुरुङ्को अध्यक्षतामा जारी वैठकमा संघको आसन्न महाधिवेशन तयारी तथा अन्य विविध समसामयिक गतिविधि माथि छलफल सहित निस्कर्ष निकाल्ने महासचिव ज्ञानेन्द्र पुन मगरले जानकारी दिए ।

 

 

 

 

 

 

महासंघको नियमित वैठक वस्ने क्रममा घुम्टे वैठक अन्तरगत आदिवासी जनजाति समुदायको थातथलोमा वस्दै आउने क्रममा १० औं पुर्ण वैठक स्याङ्जाको मिर्मिमा वसेको संघले जनाएको छ । मिर्मिमा आदिवासी जनजाति समुदाय अन्तरगत माझि र मगर समुदायको वाहुल्यता छ । यसै विच वैठकको पूर्व सन्ध्यामा संघले स्थानिय वोटे अर्थात माझि समुदाय सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघ स्याङ्जाका अध्यक्ष मन वहादुर पुलामि मगरको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा वोल्दै महासंघका महिला उपाध्यक्ष जुनु पुन मगरले महिला अधिकार र जनजाति महिला को वारेमा आफ्ना भनाई राखेका थिए । यता महासचिव ज्ञानेन्द्र पुन मगरले आदिवासी जनजातिका समस्या र अधिकारका वारे संबिधानमा ग्यारेन्टी गर्न र सम्वन्धित निकाय सम्म पुर्याउन भुमिका खेल्ने बताए ।

माझि समुदायलाई आफ्नो भाषा , कला , सस्कृतिलाई जगेर्ना गर्न आग्रह गर्दै पुन मगरले माझि समुदायको परम्परागत कार्य शैलि र पेशा सङ्कटमा परेको उल्लेख गर्दै आदिवासी जनजाति र आइ.एल्.ओ.१६९ महासन्धिलाई सरकारले कडा रुपमा कार्यान्वयन गर्न आग्रह गरे ।

कालिगण्डकि पर्यटकिय समितिका अध्यक्ष चन्द्रवहादुर राना मगरले कालिगण्डकी किनारका स्थानिय माझि समुदायको आर्थिक , सामाजिक , सांस्कृतिक तथा मौलिकताका वारेमा जानकारी गराउदै उनीहरुको अवस्था पछिल्लो समयमा सङ्कटमा परेको भन्दै सम्वन्धित निकाय तर्फ ध्यानाकर्षण गराइदिन आग्रह गरे ।

स्थानिय माझि समुदायका अगुवा प्रेम माझिले माझि समुदाय कालिगण्डकी जलविद्युत योजना पश्चात विस्थापित हुदाँ जिवन निर्वाह सङ्कटमा परेको जानकारी गराउदै १८ घर माझि योजना सुरुवातमा विस्थापित भएको र हाल वढेर ३३ घर पुगेको बताए । हाल सम्म जम्मा ९ जना माझि समुदायले जागिर पाएको उल्लेख गर्दै अन्य माझिको अवस्था नाजुक रहेको भन्दै सवै माझिहरुलाई सक्षम वनाउन सम्वन्धित पक्षले ध्यान पुर्याउन पनि आग्रह गरे ।

स्मरण रहोस् कालिगण्डकी नदि वरीपरीका माझि समुदायले जलविद्युत परियोजना वन्नुपुर्व माछा मारी , डुङ्गा चलाई आयआर्जन गर्दै आएका थिए । अहिले मिर्मिमा आधुनिक स्टीम्वरको कारण तथा तालको कारण र विभिन्न नियमका कारण माझि समुदायको पेशा सङ्कटमा परेको छ । देशैभरका आदिवासी युवा नेताहरुको सहभागिता रहेको कार्यक्रममा आदिवासी जनजाति महासंघका पदाधिकारीहरुलाई स्थानिय कालिगण्डकी आमा समुह , क्षितिज युवा क्लवले स्वागत गरेका थिए ।

मिर्मि तथा आधिँमुहानका स्थानिय समुदायको उल्लेख सहभागिता रहेको अन्तरक्रिया कार्यक्रमको सन्चालन महासंघ स्याङ्जाका सचिव मोहन गुरुङ्ले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %