डिएलएमा गोपाल कृष्ण घिमिरे निर्विरोध चयन भए

Read Time:2 Minute, 57 Second

दीपा आले  

नेपालगन्ज ,१७ फागुन – प्रजातान्त्रिक कानुन ब्यवसायीहरुको संगठन डिएलएको नवौं राष्टिय महाधिवेशनबाट कानुन ब्यवसायी अधिवक्ता गोपाल कृष्ण घिमिरे निर्विरोध अध्यक्ष पदमा चयन भएका छन् । अध्यक्ष पदमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन भएका हुन ।

  नेपाली कांग्रेसको सुवेक्षुक संस्था डिएलएको अधिवेशनबाट त्यसैगरी निर्विरोध चयन हुनेहरुमा पूर्वाञ्चल उपाध्यक्ष अधिवक्ता लखनलाल यादव, मध्यमाञ्चल उपाध्यक्ष अधिवक्ता केशव प्रसाद काफ्ले, सुदुर पपिश्चमाञ्चल उपाध्यक्षमा शिवराज पाण्डे रहेका छन् । शुक्रबारबाट सुरु भएको डिएलएको नवौ राष्टिय महाधिवेशनमा ३३ जना निर्वाचित हुनुपर्ने कार्यसमितिमा सहमतीको प्रयास भईरहेको निर्वाचन समितिका सदस्य निर्वाचन अधिकृत लोकबहादुर शाहले जानकारी दिए ।

अन्य पदहरुमा महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ । जसमा अधिवक्ता अरुण कुमार पंजियार, अधिवक्ता कलम बहादुर खत्री, अधिवक्ता मेघराज पौडेल रहेका छन् । त्यसैगरी सचिवमा परेको ६ जनाका उम्मेदवारीमा अधिवक्ता खडग बहादुर राउत, अधिवक्ता पूर्ण प्रकाश बस्नेत, अधिवक्ता भरत बहादुर राउत, अधिवक्ता राम कुमार न्यौपाने, अधिवक्ता विनय सिंह, अधिवक्ता सर्वज्ञ राज नाय रहेका छन् । कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेकोमा अधिवक्ता प्रमिला खतिवडा, अधिवक्ता राम बहादुर श्रेष्ठ, अधिवक्ता रेणुका देवी सिटौला, अधिवक्ता ज्ञान रत्न शाक्य रहेका छन् ।  

क्षेत्रीय उपाध्यक्षहरुमा काठमाण्डौ उपत्यकामा ४ जनाको उम्मेवारी परेको छ भने पश्चिमाञ्चल उपाध्यक्षमा २ जनाको र मध्यपश्चिमाञ्चल उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । सदस्यहरुमा खुल्ला तर्फ ६ जना सदस्यका लागि २५ जनाको उम्मेदवारी परेको छ भने ६ जना क्षेत्रीय सदस्यतर्फ ७ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी ८ जना आरक्षण कोटामा १६ जनाको उम्मेदवारी परेको छ ।  

अधिवेशनमा ७५ जिल्लाका १ हजार ९५ जना मतदाताहरुको सहभागिता रहेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %