सभामुखलाइ संबिधान जारीगर्ने अबसर दिन हुन्न : काँग्रेस

Read Time:4 Minute, 9 Second

दीपा आले मगर

नेपालगन्ज , १६ फागुन – प्रधानमन्त्री भएपछि पहिलो पटक आफ्नो गृहनगर आएका प्रधानमन्त्री सुशील कोइराला निकै हर्षिक मुहारमा देखिएका थिए । प्रधानमन्त्री कोइराला मात्र होइन आफ्नो क्षेत्रबाट पहिलो पटक प्रधानमन्त्री पाउंदा बांके बासी निकै हर्षित देखिए । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपाध्यक्ष रामचन्द्र पौडेलले एउटै मन्चबाट एक बर्ष भित्र जनताको भावना अनुरुपको संबिधान जारि गर्ने  बताएका  छन् ।

प्रधानमन्त्री कोइरालाको गृहनगर नेपालगन्जमा शुक्रबारदेखि सुरु भएको डेमोक्रयाटिक लयर्स एशोसीयसनको  नवौ महाधिबेशनको उद्घाटनमा तीन शीर्ष नेताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

 गणतन्त्रको प्रतिनिधि राष्ट्रपति द्धारा संबिधान जारी गराउनु उपयुक्त हुने निष्कर्षमा पुगेको बताए । उक्त कार्यक्रममा  प्रधानमन्त्री कोइरालाले आफनै कार्यकालमा ७ महिना देखि एक बर्ष भित्रै संबिधान जारी हुने दावी गरे ।  कोइरालाले भने सबै पार्टीले साथ र सहयोग गरे संविधान १ वर्ष होइन ७ महिना भित्र बन्नेछ । सबै जनताको भावना समेट्ने संविधान बन्ने बताउंदै प्रधानमन्त्री कोईरालाले सहमति, सहकार्य र समन्वय गर्नु पर्ने बताए ।

 मुलुक भरका कानून व्यबसायीहरुको भेलामा पुगेका बरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ संबिधानको अवस्था र अवश्यकता  अनुरुप संबोधन गर्न सकिने खालको हुनुपर्ने बताएका थिए । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भने सभामुख सुभाष नेवाङलाई संबिधान जारीगर्ने अधिकार र अबसर  दिन नहुने बताएका थिए । पौडेलले नयाँ संबिधान  राष्ट्रपतिले जारीगर्ने व्यवस्था मिलाउन अहिलेको संबिधान शंसोधन गर्नुपर्ने  धारण व्यक्त गरे । उक्त कार्यक्रमा प्रधानमन्त्री कोइराला, बरिष्ठ नेता देउवा, उपाध्यक्ष पौडेल  र  कानून व्यवसायीहरुलाई सके सम्म सहमतिका आधारमा नेतृत्व चयन गर्न र नसके निर्वाचन प्रकृयामा जान निर्देशन दिएका छन ।

कार्यक्रममा डिएलएका पूर्व अध्यक्ष, बसन्त राम भण्डारी, यज्ञ मुक्र्ति बन्जारे,  नेपाल कानुन आयोगका अध्यक्ष उमेशचन्द्र झा, नेपाल बार एशोसियसनका महासचिव शुनील पोख्रेल,डिएलएका महासचिव  राजु महत, नेपाल पत्रकार महासंघका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल राज्यका महा न्यायधिवक्ता बाबुराम कुंवरलगायतले बोलेका थिए ।

नबौं महाधिवेशनको बन्दसत्र आज विहानबाट सुरु भएकोछ । कार्यक्रममा सम्मान समेत गरिएको थियो । कार्यक्रमको स्वागत मन्तब्य अधिवक्ता प्रलादबहादुर कार्कीले गरेका थिए भने कार्यक्रम सञ्चालन अधिवक्ता लोकबहादुर शाहले गरेका थिए । प्रधानमन्त्रीलाई स्वागत गर्न सुरक्षा प्रशासन चारैतिर तैनाथ गरिएको थियो भने जनताहरु हातमा फूलमाला लिएर बसेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %