स्याङ्जा
गल्याङ् , फागुन १६ – ‘राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्धघोषका साथ स्याङ्जाको मल्याङ्कोट ६, विनादीमा विभिन्न रचनात्मक गतिविधि सन्चालन गर्दै आएको उपकार युवा क्लवले गाविस भित्रका वडाहरुलाई समेटी वडास्तरीय भलिवल प्रतियोगिताको शुक्रवार उद्धघाटन गरेको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै सविधानसभाका सदस्य माननिय सभाषद् कमल प्रसाद पङ्गेनीले कुनै कसुर नराखी सविधान निमार्णमा ध्यान दिने वताउदै दलहरुले सवै पक्षलाई मिलाएर लैजान आग्रह गरे । स्याङ्जा वासिले आफुवाट धेरै आषा राखेको उल्लेख गर्दै त्यो आशालाई व्यवहारिकपन दिन आफु दिन रात खटिरहेको र खट्ने पनि दावि गरे । सवै जाति वर्गको अधिकार सम्पन्न सविधान जारी हुने कुरामा आफ्नो पार्टीले लोकतान्त्रिक विधिलाई आत्मसाथ गर्दै जनताको चाहना पुरा गराउनेमा पार्टीलाई दवाव र भुमिका खेल्नेमा जोड दिए ।
कार्यक्रममा नेपालि कङ्ग्रेस क्षेत्र न. ३ स्याङ्जाका सभापति इश्वर खाँडले राष्ट्रको महत्वपूर्ण अङ्ग खेलकुदलाई सरकारले स्थानिय क्षेत्रका प्रतिभालाई सम्मान गर्न नसक्दा प्रतिभाहरु विदेशीने भन्दै सरकारको ध्यानाकर्षण गराए । तरुण दलका केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि सरस्वति तिवारीले कार्यक्रममा वोल्दै महिला अधिकारका विषयमा खुलेर वकालत गर्ने भन्दै महिलाहरुलाई चुलोमा मात्र सिमित नहुन आग्रह गर्दै नेतृत्वदायी भुमिकामा सक्रिय रहन आग्रह गरे । नेपालि कङ्ग्रेस स्याङ्जाका क्षेत्रिय सचिव विक्रम सारु मगरले आदिवासी जनजातिका मुद्धालाई सविधानमा समेट्न आग्रह गरे ।
कार्यक्रमकै अवशरमा नेपालि कङ्ग्रेस स्याङ्जा काठमान्डौ सम्पर्क समितिका अध्यक्ष देवि प्रसाद अर्याल , आदिवासी जनजाति महासंघ मल्याङ्कोटका अध्यक्ष जुट वहादुर राना मगर , पूर्व गाविस अध्यक्ष नर प्रसाद रेग्मी , नेपालि कङ्ग्रेस मल्याङ्कोटका सभापति वोम वहादुर हमाल , एमालेका अध्यक्ष ठग प्रसाद रेग्मी , मगर संघ मल्याङ्कोटका अध्यक्ष नुन वहादुर सारु मगर , महेन्द्र उच्च मा वि का प्राचार्य नर वहादुर सारु मगर , राम मन्दिर उमाविका प्राचार्य अर्जुन कुमार खाँड , मल्याङ्कोट गाविस सचिव नारायणराज पौडेल लगाएतले बोलेका थिए ।
कार्यक्रमकै अवशरमा क्लवले वडा न. ६ का वयोवृद्धहरुलाई सम्मान समेत गरेको थियो । विविध सांस्कृतिक प्रस्तुतीका साथ सम्पन्न कार्यक्रममा वडा भित्रका ९ क्लवहरुको सहभागिता रहेको क्लवले जनाएको छ । उद्धघाटन कार्यक्रम क्लवका अध्यक्ष झवन प्रसाद अर्यालको अध्यक्षता तथा रमेश ज्ञवालिले सन्चालन गरेका थिए । कार्यक्रम १६ , १७ र १८ गते सम्म सन्चालन हुनेछ ।
विनोद रखाली मगर
