देब पचभैया
पाल्पा, फागुन १४-मंशिर महिना देखि नै हिमालयन निमाबि खानीछाप पाल्पाका बिधार्थीहरुमा देखिएको काम्ने, हल्लिने ,रुने र हास्ने समस्या अहिले सम्म जारी छ । १५,१६ बर्षका २ जना छात्र र २ जना छात्रामा मात्रै देखिएको यो समस्यालाई स्थानिय बासीले देबी उत्रिएको भन्दै आएका छन् । बिधार्थीहरुले एकोहोरो हेर्ने, मलाई नछोउ भन्दै हास्ने, रुने र हल्लिने गर्दे आएको खानीछाप उपस्वाथ्य चौकीका प्रमुख केशब दर्नालले जानकारी दिनुभयो ।
उनीहरुले हल्लिने क्रममा म शिब जी हो, बिधालयमा शिबजीको मुर्ति राख भनेपछि अभिभाबक र बिधालयले शिबजीको मुतिर्m पनि राखेका छन् तर उनीहरुको समस्या निको भएको छैन ।
शुरुमा घरमै रहदा उनीहरुमा यो समस्या देखिएपनि बिधालयमा धेरै पटक दोहोरिएको बिधालयका प्रधानाध्यापक सुर्य प्रसाद अर्यालले बताउनुभयो ।
बिधार्थीमा देखिएको यो समस्या मानसिक रोग वा मास हिस्तेरियाको लक्षण नभएकोले दैबी शतिmकौ कारण भएको हुन सक्ने उपस्वाथ्य चौकीका प्रमुख दर्नालले बताउनुभएको छ ।
हामीसंग आध्यात्मिक लेबल बाट अनुसन्धान गर्ने क्षमता छैन, उहाले भन्नु
भयो बिधार्थीमा देखिएको समस्या गाउलेले भने जस्तै दैबी शतिmले नै हुन सक्छ ।
मंशिर महिना देखिको यो समस्या प्रति जिल्ला स्वाथ्य कार्यालय पाल्पाका प्रमुख झलक शर्माले भने जानकारी नभएको प्रतिकृया दिनुभएको छ । आधिकारिक जानकारी आएको छैन, उहाले भन्नुभयो एफ,एम रेडियोमा समाचार सुनेको मात्रै हु ।
