पत्रकार पाटाको पाचौ स्मृति दिवस सम्पन्न

Read Time:2 Minute, 33 Second

गोविन्द घर्ति

रुपन्देही,१४ फागुन – स्व. पत्रकार देवपाटाको पाचौ स्मृति दिवस रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।

(स्व.पाटाका श्रीमति नारायणी पाटा मगर माल्यापण गर्दै)

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा उक्त स्मृति दिवस मनाएको हो । स्व. पत्रकार देवपाटा ०६५ साल फागुन १४ गते सडक दुघर्टनामा परि निधन भएको थियो । उहा राज्यसत्ता साप्ताहिकका प्रधान सम्पादक भई आदिवासी जनजातिको आवाजलाई बुलन्द गर्ने गर्दै आएका थिए । सो अवसरमा बोल्ने वक्ताहरुले पत्रकारहरुले समाजमा भएका विकृति र विसंगतिलाई हटाउन अह्म भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले आमसञ्चार क्षेत्रले आदिवासी जनजातिको मुद्दालाई प्राथकिता नदिएको आ वस्थामा स्व. पत्रकार पाटाले पत्रकारीताको माध्यमबाट आदिवासी जनजातिलाई सचेत गराउने काम गरेको बताएका थिए । फोनिज रुपन्देहीका अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी, फोनिजका सल्लाहकार भिमप्रसाद गुरुङ्ग, सुरेश श्रेष्ठ, होमबहादुर गलामी, प्रेस यूनियनका अध्यक्ष विक्रम खड्का, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष रुद्रहरी कुवर, मगर चलचित्र कर्मी संघका शंकर गाहा, भिम बहादुर श्रेष्ठ, नारायणी पाटा लगायतले बोल्दै स्व. पत्रकार देवपाटाले समाज र पत्रकारीता क्षेत्रमा पुर्याउनु भएको योग्दानको चर्चा गरिएको थियो ।

 फोनिजका उपाध्यक्ष राज चौधरीको स्वागत र सचिव आशिष सूर्यवंशीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही कार्यक्रममा प्रेस यूनियनको सातौ अधिवेशनबाट निर्वाचत पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %