ग्याल्बो ल्होछार भब्य रुपमा मनाईने

Read Time:8 Minute, 12 Second

काठमाडौं, १३ फागुन

  ‘सम्पूर्ण शेर्पाहरुको चाहना–शेर्पा स्वायत्त प्रदेशको  स्थापना’ भन्ने मूल नाराका साथ शेर्पा जातिको महान सांस्कृतिक चाड ग्याल्बो  ल्होछार भब्य रुपमा मनाइदैछ । २३ वर्ष अघि स्थापना भएको शेर्पा समुदायको  छाता संस्था नेपाल शेर्पा संघको आयोजनामा हुन लागेको ग्याल्बो ल्होछार  तीनदिनसम्म मनाइने शेर्पा संघले जनाएको छ । पहिलो दिन गुरुको पूजा गर्ने ,  दोस्रो दिन राज्यका अंगहरुसंग भेटघात तथा आशिर्वाद लिनेदिने र तेस्रो दिन  धार्मिक गुम्बाहरुमा ध्वजा लगाउने, भोजको आयोजना गर्ने रिन्पोछे आचार्य  नुर्वू शेर्पाले जानकारी दिए ।

ल्होछारको अवसरमा आयोजित पत्रकार सम्मेलनमा  शेर्पा संघका अध्यक्ष पेमाछिरी शेर्पाले पहिचानको मुद्दालाई शसक्त रुपमा उठाउन  सम्पूर्ण आदिवासी जनजातिमा अपिल गरे । फागुन १५ गतेदेखि शुरु हुने  ल्होछार कार्यक्रम शेर्पा समुदायको कला संस्कृति झल्कने भेषभूषा, सांगितीक  कार्यक्रम र खानपान रहने आयोजकले जनाएको छ । ल्होछारको अवसरमा फागुन  १७ गते ल्होछार म्याराथन हुने भएको छ । यसैगरी बिदेशमा छरिएर रहेका शेर्पा  जातिहरुले पनि विभिन्न कार्यक्रम गरी ल्होछार मनाउन लागेको नेपाल शेर्पा  संघले जनाएको छ ।  

प्रेस–विज्ञप्ती

 आजभन्दा २३ वर्ष अघि स्थापना भएको शेर्पा समुदायको एक मात्र साझा सामाजिक  संस्था नेपाल शेर्पा संघ स्थापना कालदेखि निरन्तर शेर्पा जातिको हक, अधिकार र  पहिचान संस्थागत गर्न नेपालको २२ जिल्लाहरु र विदेशमा समेत विभिन्न  संघ÷संस्थाहरु स्थापना गरी गतिशिल रहेको कुरा अवगत गराउन चाहन्छौँ । नेपाली  जनताको विभिन्न आन्दोलन र ऐतिहासिक संविधान सभाको चुनावमा व्यक्त  जनअभिमत मुताविक नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा पदार्पण भइसकेको छ ।  

 

सदियौँ वर्ष देखि उत्पीडित, दमित शेर्पा समुदाय र आम आदिवासी जनजाति  समुदायले आफ्नो पहिचान र अधिकार स्वतन्त्रपुर्वक उपयोग गर्न पाउने  समानुपातिक, समावेशी राज्य प्रणाली, स्वशासन, आत्मनिर्णयको अधिकार र जातीय  पहिचान सहितको राज्यको सुन्दर परिकल्पनालाई साकार रुप प्रदान गर्नको लागि  यस संस्थाले ‘सम्पूर्ण शेर्पाहरुको चाहना–शेर्पा स्वायत्त प्रदेशको स्थापना’ भन्ने  मूल नारालाई मूल मन्त्र बनाएर विभिन्न महत्वपूर्ण कार्यक्रम गरिसकेको कुरा  यहाँमा अवगत गराउँदै सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुको महान् ऐतिहासिक चाड  तथा नयाँ बर्ष२१४१ शिङ् फो त लो (घोडा वर्ष) ग्याल्बो ल्होसार को  उपलक्ष्यमा विभिन्न दलका राजनीतिक नेताहरुको विशेष उपस्थितीमा हजारौ शेर्पा  समुदायको सहभागितामा हुने पुरानो बर्षलाई विदाई गर्दै नयाँ बर्षको  स्वागतार्थ शुभकामना आदनप्रदान तथा भव्य सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्न  गईरहेको कुरा यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउदछौं ।  

 

……………………..  

पेमा छिरि शेर्पा

अध्यक्ष

 नेपाल शेर्पा संघ केन्द्रीय कार्यसमिति

 साथै हामीले यस बर्ष लोसरको अवसरमा स्वदेश तथा विदेशका विभिन्न शेर्पा संघ

 संस्था तथा किदुगहरुले आयोजना गर्न लागेको कार्यक्रमहरुको विवरण यस प्रकार

 रहेको छः   १. वृहत श्याब्रु नृत्य प्रतियोगिता तथा साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता

 फागुन १५ गते फेब्रुवरी २७

 आयोजक हिमालयन शेर्पा सांस्कृतिक केन्द्र

 २. लोसार गुथुक साँझ–२१४१,

 फागुन १६ गते फेब्रुवरी २८

 आयोजक हिमालयन शेर्पा सांस्कृतिक केन्द्र

 ३. लोसार म्याराथुन ,  फागुन १७ गते मार्च १,

 आयोजकः नेपाल शेर्पा विद्यार्थी मञ्च

 ४. लोसार शुभकामना आदनप्रदान तथा लोसार शुभकामना साँझ

 फागुन १७ गते मार्च १,

 आयोजकः नेपाल शेर्पा संघ केन्द्रीय कार्यसमिति

 ५. लोसार कार्यक्रम मलेसिया

 फागुन १८ गते मार्च २

 हिमालयन शेर्पा सांस्कृतिक केन्द्र मलेसिया

 ६. लोसार ल्हप्सो कार्यक्रम बेल्जियम

 फागुन १८ गते मार्च २

 आयोजक शेर्पा किदुग बेल्जियम   ७. लोसार सांस्कृतिक कार्यक्रम पोर्चुगल

 फागुन १८ गते मार्च २

 आयोजक : शेर्पा किदुग पोर्चुगल

 ८. वृहत लोसार ¥याली

 फागुन २० गते मार्च ४ विहान ८ बजे

 हिमालयन शेर्पा सांस्कृतिक केन्द्र

 ९. लोसार ल्हप्सो काठमाण्डौं

 फागुन २० गते मार्च ४

 आयोजकः शेर्पा सेवा केन्द्र

 १०. लोसार साँझ युएई –२१४१

 फागुन २३ गते मार्च ७ ,  आयोजक : शेर्पा किदुग युएई

 ११. शेर्पा लोसार साँझ इजरायल

 फागुन २३ गते मार्च ७

 आयोजक : शेर्पा संघ इजरायल

 १२.  लोसार साँस्कृतिक कार्यक्रम बेलायत

 फागुन २४ गते मार्च ८,

 आयोजक : शेर्पा संघ बेलायत

 १३. लोसार कार्यक्रम जापान

 फागुन २४ गते मार्च ८,

 आयोजकः शेर्पा संघ टोकाई, जापान,   १४. लोसार सांस्कृतिक कार्यक्रम जापान

 फागुन २५ गते मार्च ९

 आयोजक शेर्पा संघ टोकियो जापन

 १५. लोसार ल्हप्सो तथा सांस्कृतिक कार्यक्रम क्यर्लिफोर्निया

 फागुन २५ गते मार्च ९

 आयोजक : क्यार्लिफोर्निया शेर्पा संघ तथा हिमालयन शेर्पा क्लब क्यार्लिफोर्निया

 १६. लोसार साँझ २०७०

 फागुन ३० गते मार्च १४,

 आयोजकः नेपाल शेर्पा विद्यार्थी मञ्च

 १७. लोसार सांस्कृतिक कार्यक्रम बेल्जियम

 चैत्र १ गते मार्च १५

 आयोजकः शेर्पा किदुग बेल्जियम

 १८. न्यूयोर्क ल्हप्सो कार्यक्रम

 चैत्र २ गते मार्च १६

 आयोजकः युनाईटेड शेर्पा किदुग अमेरिका

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %