१३७ औं लखन स्मृती दिवश मल्याङ्कोटमा सम्पन्न

Read Time:3 Minute, 24 Second

स्याङ्जा

गल्याङ् ,फागुन ११ नेपालका प्रथम शहिद लखन थापा मगरको १३७ औं लखन थापा मगर स्मृती दिवश कार्यक्रम विविध सास्कृतिक समारोहका विच मल्याङ्कोटमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै आदिवासि जनजाति संघका केन्द्रीय सदस्य तथा सस्ंकृतीकर्मी कुमार राना मगरले प्रथम शहिद लखन थापा मगरलाई राज्यले सम्मान गर्न नसक्नु दुखको अवस्था भएको वताउदै मगर समुदायको मात्र नभई राज्यको प्रथम शहिद हुदा हुदै पनि सरकारले प्रथम शहिद भन्न नसक्नु आफैमा लाचारीपन झल्काएको भनाई व्यक्त गरे ।

आदिवासी जनजाति समुदायका भाषा कला , सस्कृती र मौलिकतालाई जगेर्ना गर्न राज्यले विशेष अधिकारको ग्यारेन्टी गर्नुपर्नेमा राना मगरको जोड थियो । नेपाल मगर संघ स्याङ्जाका जिल्ला सचिव लोकेन्द्र तरामु मगरले प्रथम शहिदलाई राज्यले व्यवास्ता गर्नु मगर समुदाय माथिको दमनको एक अवस्था भन्दै प्रथम शहिद भनि नामाकरण नगरे नेपाल मगर संघले छुट्टै किसिमको आन्दोलन र सङ्घर्षको कार्यक्रमहरु निकट समयमै घोषणा गर्ने उद्धघोष गरे ।

कार्यक्रममा ज्याग्दी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष तथा समाजसेवि विक्रम सारु मगर , मगर संघ जिल्ला सदस्य द्धय प्रेम वहादुर सारु मगर , मोहन थापा मगर , युवा सन्चारकर्मी विनोद रखाली मगर , आदिवासी जनजाति संघ मल्याङ्कोटका अध्यक्ष जुतवहादुर सारु मगर , चित्रे भन्ज्याङ् मगर समाजका गुनवहादुर राना मगर , सेखाम गाविसका सचिव ज्ञानवहादुर सिङ्जाली मगर लगाएतले लखन थापा बारे बोलेका थिए ।

कार्यक्रममा मगर भाषाका गायक तथा लोक गायक याम सारु मगर , पदम थापा मगर लगाएत स्थानिय कलाकारहरुले दर्शकहरुलाइ मगर भाषाको गितमा विविध सास्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । मगरहरुको उल्लेखनिय जनप्रदशनमा  मल्याङ्कोटका विभिन्न वडा समितिहरु तथा क्याक्मी , सेखाम , जगतभन्ज्याङ् लगाएतका मगर समुदायहरु विभिन्न झांकि, र्याली सहित उपस्थित कार्यक्रममा मगर समुदायका नचरी , कौडा , सालैजो , झ्याउरे गितहरु प्रस्तुत गरीएका थिए ।

मगर संघ मल्याङ्कोटका उपाध्यक्ष तथा महेन्द्र उमाविका प्रार्चाय नरवहादुर सारु मगरको स्वागत सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन लक्ष्मण सारु मगरले गरेका थिए । कार्यक्रम संघका अध्यक्ष नुन वहादुर सारु मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

विनोद रखालि मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %