‘पत्रकार महासंघ समावेशी बनाउन चार संगठन प्रतिबद्ध’

Read Time:4 Minute, 31 Second

मकवानपुर

हेटौँडा , फागुन ११-नेपाल पत्रकार महासंघको नेतृत्व समावेशी बनाउन मकवानपुरमा क्रियाशील चार संगठनले प्रतिबद्धता जनाएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुर शाखाद्वारा आज हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकार संगठनका अगुवाले यस्तो बताएका हुन् ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य सुनिल खड्का, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारीका जिल्ला अध्यक्ष शिवकुमार काशी र क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष तिलक अधिकारीले पत्रकार महासंघलाई समावेशी बनाउँन भुमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले फोनिजको भुमिका सशक्त पार्दै जनजाति कोटामा सर्वसहमत बनाउन आग्रहपनि गरेका थिए । पत्रकारिता क्षेत्रको बिकासका लागि जनजाति पत्रकारको भुमिकापनि महत्वपूर्ण भन्दै जनजाति पत्रकार ज्ञान सीपमा दक्ष बन्नुपर्नेमापनि जोड दिएका थिए ।

नेपाल आदीवासी जनजाती पत्रकार महासंघ(फोनिज) मध्यमाञ्चल क्षेत्रीय संयोजक कुमार नेगीको प्रमुख आतिथ्य तथा तथा फोनिजकी मकवानपुर अध्यक्ष पूर्णिमा गोलेको अध्यक्षतामा भएको थियो ।

यसैबिच, फोनिज मकवानपुरले मकवानपुरमा क्रियाशील आदिवासी जनजाति पत्रकारबिच पत्रकार महासंघको अधिबेशनलाई लक्षित गर्दै अन्तरक्रिया गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष भानुभक्त आचार्यले महासंघलाई समावेशी बनाउँन भुमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा सहभागिले महासंघलाई सक्रिय र सबैको बनाउँन आदिवासी जनजाति, महिला, दलित पत्रकारलाई नेतृत्व दिनुपर्ने बताएका थिए । उनीहरुले दलिय भागबण्डा भन्दापनि सक्रिय, सक्षम र समावेशी नेतृत्व चयन गर्न सबै पत्रकार सचेत हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका सहसचिब जंगबहादुर गुरुङ्ग, आदिवासी अगुवा देबप्रसाद श्रेष्ठ, फोनिजको केन्द्रिय पार्षद एवंम् स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठलगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

 

जनजाति पत्रकारको मध्यमाञ्चल भेला हेटौँडामा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को मध्यमाञ्चल भेला भोली(सोमबार) हेटौँडामा हुने भएको छ ।

भेलामा सहभागि हुन मध्यमाञ्चलका मकवानपुर, चितवन, धादिङ, पर्सासहित १३ जिल्ला शाखाका प्रतिनिधि हेटौँडा आएका छन् । भेलामा फोनिजका जिल्ला अध्यक्ष, सचिब र एक महिला सदस्य सहभागि हुने फोनिज मध्यमाञ्चल क्षेत्रीय संयोजक कुमार नेगीले जानकारी दिए ।

भेलामा सहभागि हुन फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङ, महासचिव गजुरधन राई, निवर्तमान अध्यक्ष मोहनसिंह लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य खिम घलेलगायतको टोली पनि पाल्पा,नेपालगंज हुदै हेटौँडा आएका छन् । भेलाले मध्यमाञ्चल घोषणा पत्रसमेत जारी गर्ने बताईएको छ ।

हेटौँडा बाट अशोक शुजन श्रेष्ठ

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %