सैनिक सेकेण्डरी स्कुलको वार्षिक उत्सव तथा पुरस्कार वितरण

Read Time:5 Minute, 27 Second

विनोद रखाली मगर

 

स्याङ्जा , फागुन १०- स्याङ्जा गल्याङ् भू.पू सैनिक सेकेण्डरी स्कुल , जगत्रदेवि ८ गल्याङ्ले ९औ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम आज शुक्रवार सम्पन्न गरेको छ ।

वार्षिक उत्सवको उद्धघाटन गर्दै भानुभक्त आचार्य उच्च मा.वि. स्रोत केन्द्रका स्रोत व्यक्ति झवनाथ शर्माले आजको शिक्षा व्यवहारिक शिक्षा हुन नसक्दा बेरोजगार वढेको हुदाँ राज्यको ध्यान रोजगारमुलक , सिपमुलक शिक्षा उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । शैक्षिक क्षेत्रमा गल्याङ् भू.पू. सैनिकले पुर्याएको योगदानको कदर गर्दै आगामि दिनमा राष्ट्रिय स्तरमा समेत आफ्नो नाम राख्नमा विद्यालयले ध्यान दिनुपर्ने वताउदै विद्यार्थिका समग्र पक्षलाई समेटी अगाडि वढ्न आग्रह समेत गरे ।

 

 

 

 

विद्यालयका प्रमुख सल्लाहकार तथा सन्चार उद्यमि , शिक्षासेवि गोविन्द सिग्देलले छोटो समयमा विद्यालयले गरेको प्रगति सुधारउन्मुख भएको दावि गर्दै आगामि दिनमा शिक्षाको ज्योति प्रदान गर्ने कार्यमा शिक्षक , विद्यार्थि र अभिभावकको सम्वन्धलाई नजिक पारी गतिविधि सन्चालन गर्नमा जोड दिए। विद्यालय व्यवस्थापन समितिका सदस्य सु. तेजविर थापा मगर , अभिभावक गोपाल अधिकारी, विद्यार्थि प्रविण अधिकारी लगाएतले कार्यक्रममा आफ्ना भनाई व्यक्त गरेका थिए । विद्यालयका कार्यवाहक प्रध्यानध्यापक गोपाल गाहा मगरले विद्यालयको शैक्षिक , प्रगति , योजना लगाएत विविध पक्षको वारेमा प्रस्ट पारेका थिए ।

 

 

 

 

वार्षिक उत्सवकै अवशरमा शैक्षिक शत्र २०६८ तथा २०६९ सालको वार्षिक परिक्षामा विभिन्न श्रेणिमा उतिर्ण हुने विद्यार्थिहरुलाई पुरस्कृत समेत गरिएको थियो । विद्यालयले सन्चालन गर्दै आएको अतिरिक्त कार्यक्रम अन्तरगत २०६९ सालको अनुशासन तर्फ प्राथमिक तहमा रज्जु राना मगर , माध्यामिक तह तर्फ सुनम राना मगर , सरसफाईमा प्राथमिक तहतर्फ अनिस कुवँर , माध्यामिक तर्फ अस्मिता रोका , हाजिरी तर्फ प्राथमिक तहमा अन्जना थापा , माध्यामिक तह तर्फ सन्दिप थापा पुरस्कृत भएका छन् ।

यस्तै राम्रो अक्षर भएका विद्यार्थिहरु मध्ये प्राथमिक तहमा प्रतिक्षा थापा , माध्यामिक तहतर्फ मिना सारु र राधा भट्टराई पुरस्कृत भएका छन् । विद्यालयले हरेक दिन सन्चालन गर्दै आएको हाजिरी जवाफ तर्फ सवै भन्दा धेरै प्रश्नहरुको उत्तर मिलाउने मध्यमार्फत प्राथमिक तहतर्फ अनिश सोमै मगर तथा माध्यामिक तह तर्फ रोशन कुमार शाह पुरस्कृत भएका छन् । वार्षिक उत्सवकै अवशरमा विद्यालयले यसै शैक्षिक सत्र मा कार्तिक महिनामा सन्चालन गरेको खेलकुद सप्ताह कार्यक्रममा विजेता समुह तथा कक्षाहरु लाई शिल्ड, मेडल तथा प्रमाणपत्रद्धारा सम्मानित गरिएको थियो ।

 

 

 

 

जसमा खेलकुद कार्यक्रम तर्फ उतकृष्ट कक्षा ८ र ७ घोषित भएका थिए । यता विद्यालयमा सन्चालन गरिएको जिल्लाकै नमुना कार्य १ रुपैया सहयोग सङ्कलन अभियान कार्यक्रम समिति ले सङ्कलन गरेको कोष देखि ५ जना गरिव ,जेहेन्दार तथा दलित विद्यार्थिहरु लाई शैक्षिक साम्रागि स्वरुप छात्रवृद्धि प्रदान गरिएको थियो । छात्रवृद्धि प्राप्त गर्नेहरुमा अनुप दर्जि , सिजर्ना भट्टराई , रुक वहादुर गाहा , डोविन थापा लगाएतले छात्रवृति प्राप्त गरे ।

 

 

 

 

कार्यक्रमको विच विचमा विद्यार्थिहरुद्धारा विविध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सु. चन्द्र वहादुर रखालि मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक झविन्द्र पाण्डेको स्वागत सङ्गै सुरु भएको कार्यक्रममा शिक्षक विनोद रखालि मगर र डोमा लामाले सन्चालन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %