राज्यसत्ता मार्फत रुपन्देहिमा राईको कृति बिमोचन

Read Time:1 Minute, 48 Second

गोविन्द घर्ति  

रूपन्देहि ,फागुन १०-जातीय मुक्ति विना बर्गीय मुक्ति हुन नसक्ने बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले स्थायी शान्ति विना आर्थिक बृद्धि हुन नसक्ने हुदा त्यसको लागी राजनैतिक स्थिरताको आवश्यकता रहेको औल्याएका थिए ।

 

 

 

 

 

राज्यसत्ता डट कम लुम्विनी व्यूरोको आयोजनामा बलदीप राई द्धारा लिखित जातीय मुक्ति र लोकतन्त्र नामक पुस्तक विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले संघीयतालाई गलत व्याख्या गरेका कारण अघिल्लो संविधान सभाबाट संविधान निर्माण हुन नसकेको बताएका थिए । राज्यसत्ता डट कमका वालकिशोर रानाको अध्यक्षतामा भएको कार्यक्रममा दलित अगुवा रविन्द्र उच्च नेपाली र मुस्लिक अगुवा डा. हाजी महम्द हसनले संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रममा तमु छोजधीका केन्द्रीय अनुगमन समितिका सदस्य भिमप्रसाद गुरुङ्ग, अशोक पुन, राजु श्रेष्ठ लगायतले पुस्तक माथि टिप्पणी गरेका थिए । राज्यसत्ता डट कम गोविन्द घर्तिको स्वागत र शंकर गाहाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %