अधिराज्य भरि फोनिजको सम्मेलन, भोलि नेपालगन्जमा हुदै

Read Time:1 Minute, 54 Second

दीपा आले

नेपालगन्ज, १० फागुन – नेपाल आदिवासी जनजाति पत्रकारहरुको मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रीय भेला भोली आईतबार नेपालगन्जमा आयोजना हुने भएको छ ।  

  

नेपाल पत्रकार महासँघको आसन्न अधिवेशनलाई लक्षित गरेर पत्रकार महासँघलाई कसरी समावेशी बनाउने सम्बन्धमा छलफल गर्न उक्त भेला आयोजना गर्न लागिएको हो । त्यसै गरी संचारमाध्यममा आदिवासी जनजातिका संस्कृति, परम्परा, भाषा तथा राजनितिक मुद्दा कसरी उठान गरिने, जनजाति पत्रकारहरुको जिल्लामा अवस्था, समस्या र चुनौतिका विषयमा समेत छलफल गरिने फोनिजका क्षेत्रीय संयोजक खेम बुढाले जानकारी दिए ।  

नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) को आयोजना तथा फोनिज बाँकेको सहकार्यमा आयोजना हुने भेलालाई महासंघका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्ग, पूर्व अध्यक्ष मोहन सिंह लामा, महासचिव गर्जुधन राई, सचिव मनोज घर्तिमगर, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु खिम घले र दिलिप थापा मगर, लगायतको समेत उपस्थिती रहने फोनिज बाँकेका अध्यक्ष उमा थापामगरले जानकारी दिए।

मध्य तथा सुदुरपश्चिमबाट करिब ४० जना जनजाति पत्रकारहरुको उक्त भेलामा सहभागिता रहने छ । भेलाले नेपालगन्ज घोषणपत्र समेत जारी गर्ने क्षेत्रीय संयोजक बुढा मगरले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %