जापानले पनि प्रथम सहीद लखन को स्मृति दिवस मनाउने

Read Time:2 Minute, 34 Second

जापान

टोयोटा सिटी, १५ फेब्रेरी-नेपाल आदीवासी जनजाति महासंघ जापनको नियमित चौथौं बैठक २०१४/२/१५ टोयोटा सिटी वाकामेचोमा संघको अध्यक्ष मन बहादुर पुन मगर को अध्यक्षतामा बस्यो। बैठकमा बिभिन्न बिषयमा छलफल गर्दै १ नंवरमा- केही महीना अघी दुबैमा मृत्यु दण्ड घोषणा गरेको २३ वर्ष अनीस खालीङ बचाँउको लागी ब्लड मनी आर्थिक सयोग जापन बाट पनी संकलन गर्ने निर्णय गरेकोछ । बिभिन्न संघ संस्था लाइ पत्र पठाइ आर्थिक सयोगको अपील गरी दुई हप्ता भित्र संस्थाको प्रतिनिधि आफै नेपाल गइ अनीस खालीङ परिवारको हातमा रकम दिने आजको बैठकले पारित गर्यो ।

२ नंबर- नेपालको प्रथम सहीद लखन थापा मगरको १३७औं स्मृति दिवसको बारे नेपाल मगर संघ टोकाइ जापनका वर्तमान अध्यक्ष दिलीप राना मगरले लखन थापा मगरले मगरको लागी मात्र नभएर सिंगो देश नेपाली जननताको लागी योगदान पुराएको चर्चा गरेका थिए । एकात्मकबादी सत्ताले त सदासायता देखाएन , तर नपाल आदीवासी जनजाति महासंघ ले पनी लखन थापाको योगदान र मर्मलाइ नबुझेको र उनको योगदानलाइ भुलेकोमा आश्चार्य प्रकट गरे ।

तर्कको साथ उनले किन मगरले मात्र उहाँको स्मृति दिवस मनाउने भन्ने प्रस्न राख्दा सबैले ताली बजाउदै स्वागत गरे । अब देखी जापनमा पनी लखन थापा दिवस नेपाल आदीवासी जनजाति महासंघ जापनले पनी हरेक वर्ष मनाउने निर्णय पारीत गर्यो ।

यो बर्षको लागी यही आउने हप्ता २०१४/२/२३ तारिक टोयोटा सिटीमा प्रथम सहीद लखन थापा मगरको १३७औं स्मृति दिवस भब्यताको साथ मनाउने जानकारी संस्थाका महासचिव श्री कान्छा शेर्पाले सबैमा हार्दिक आह्वान गर्दै सम्पुर्ण जापन वासीहरुमा उपस्थितिको लागी हार्दिक अनुरोध गरेका थिए ।

दिलिप राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %