चट्याङ्ग लागेर १ जनाको मृत्यु ६ जना घाईते

Read Time:1 Minute, 52 Second

देब पचभैया

पाल्पा, फागुन ४-चट्याङ्ग लागेर पाल्पामा १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।

कचल  १ पाल्पाका ६१ बर्षिय कर्ण बहादुर सुनारीको शनिबार बिहान घरमा परेको चट्यांगले ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार चट्याङ्ग लागेर गंभिर घाईते सुनारीको उपचारको क्रममा अंचल अस्पताल बुटवलमा आज दिउसो ३ बजे ज्यान गएको हो । चट्याङ्ग लागेर सुनारीका छिमेकी ५ जनापनि घाईते भएका छन् उनीहरुको अंचल अीपताल बुटवलमा उपचार भैरहेको छ ।

यसै बिच बन्दीपोखरा ३ निबासी ४५ बर्षिय लक्ष्मी कार्की पनि चट्याङ्ग लागेर गंभिर घाईते हुनुभएको छ । उहाको पाल्पा स्थित युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेको छ ।

आज दिउसो एक्कासी परेको चट्यांगले घरमा रहेको बिजुलीको मिटर वक्स जल्दा उहा घाईते हुनुभएको स्थानियले जानकारी दिएका छन् । अस्थाई प्रहरी चौकी मिसन अस्पतालका प्रहरी प्रमुख गोबिन्द न्यौपानेका अनुसार घाईते कार्कीको टाउको बाट बिजुली सट हुदा आउने गंन्ध आईरहेको छ ।कार्कीलाई भर्ना गरेरै उपचार भैरहेको र अबस्था सामान्य बन्दै गएको अस्पतालले बताएको छ । चट्याङ्ग पर्दा कार्की लगाएत छिमेकी हरुको पनि बिजुलीको मिटर वक्स जलेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %