तामाङ सन्चार समूहको महाधिवेशन फागुन १८ गते हुने

Read Time:2 Minute, 58 Second

काठमाडौं ,फागुन ४-तामाङ सन्चारकर्मीहरुको साझा संस्था तामाङ सन्चार समूहको चौथो राष्ट्रिय महाधिवेशन यही फागुन १८ गते काठमाडौंको बौद्धमा हुने भएको छ । प्रत्येक ३ वर्षमा हुने महाधिवेशन यसपटक भव्यताका साथ सम्पन्न गर्ने तयारी भईरहेको समूहका अध्यक्ष जगत दोङले जानकारी दिएका छन् ।

यसपटकको महाधिवेशनबाट जिल्ला शाखाहरुबाट पनि केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गराउने योजना रहेको अध्यक्ष दोङले बताए । जिल्ला शाखाहरुको प्रतिनिधि तथा राजधानीमा रहेका तामाङ सन्चारकर्मीहरुको सहभागिता रहने महाधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

समूहको हालसम्म काभ्रे, मकवानपुर, दोलखा, धनकुटा, सिन्धुली, भोजपुर र सर्लाही गरी सात वटा जिल्ला शाखाहरु रहेको अध्यक्ष दोङले बताए । दोङका अनुसार रामेछाप, उदयपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, चितवन लगायत जिल्लाहरुमा पनि शाखा गठन हुने क्रममा रहेको छ ।

 सर्लाही शाखा गठन

तामाङ सन्चार समुह सर्लाही शाखा गठन भएको छ । सर्लाहीका विभिन्न सन्चारमाध्यममा आवद्ध तामाङ सन्चारकर्मीको भेलाले रेडियो मुक्तेश्वरमा कार्यरत सीता घिसिङको अध्यक्षता ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

सर्लाही एफ.एममा भएको भेलाले उपाध्यक्षमा आदर्श थिङ, सचिवमा उपेन्द्र गोले, कोषध्यक्षमा राजु लो, सहसचिवमा दीपा स्याङतान चयन गरेको छ । सदस्यहरुमा चन्द्र जिम्बा र लोकराज सिङ्तान छन् ।

जिल्ला शाखाहरुको अधिवेशन तयारी

तामाङ सन्चार समूहको केन्द्रीय महाधिवेशनको तयारी अनुरुप विभिन्न जिल्ला शाखाहरुको अधिवेशन तय भएको छ । भर्खरै गठन भएको सर्लाही शाखाको अधिवेशन फागुन ७ गतेको लागि तय गरिएको छ । त्यस्तै दोलखा शाखाको अधिवेशन फागुन ८ गते र मकवानपुरको ९ गते हुने भएको छ । अन्य जिल्लाहरुको अधिवेशन लागि पनि तयारी भैरहेको जानकारी दिइएको छ । जिल्ला शाखाहरुको अधिवेशन फागुन १० गतेभित्र सम्पन्न गर्नुपर्ने केन्द्रीय निर्देशन रहेको छ ।

देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %