नेपाली मगर संघ युएईको संगठन बिस्तार

Read Time:3 Minute, 4 Second

अबुधावी ,

युएई , १५ फेब्रुरी – नेपाली मगर संघ युएईका क्षेत्रिय समिति अबुधावी र क्षेत्रिय समिति अलएनको भेला सम्पन्न भएकोछ।

 

संघका केन्द्रिय अध्यक्ष चन्द्र सारु मगरको अध्यक्षतामा संघका प्रमुख सल्लाहकार सम्रक्षक हरि बहादुर घर्ति मगरको प्रमुख अतिथ्यतामा गत १४ फेब्रुरी शुक्रवार आबुधाबीको पेप्सीकोलामा सम्पन्न भएको भेलाले नेत्र बहादुर राना मगरको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको चयन गरेको छ । जसमा उपाध्यक्ष दिल बहादुर थापा मगर, सचिव बसन्त थापा मगर,कोषाध्यक्ष सन्त बहादुर ढेगा मगर चयन भएका छन भने सदस्यहरुमा :मोहन बुढा मगर,कृष्ण बुढा मगर,विकाश जर्घा मगर र लक्षमण राना मगर सदश्य छन् ।

यसैगरी नेपाली मगर संघ क्षेत्रिय समिति अलएन युएईको गत १४ फेब्रुरी अलएन लुलुपार्कमा गोपी सारु मगरको अध्यक्ष र संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले अध्यक्ष गोपी सारु मगरको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्ष डब जर्घा मगर,सचिव समिर काउछा मगर,सह-सचिव पृथ चौहान मगर,कोषाध्यक्ष ओम बहादुर दर्लामी मगर चयन भए  भने सदस्य हरुमा: क्रमस हिरा बहादुर दर्लामीमगर,डब चौहान मगर,मुलमान बुढामगर,दिल बहादुर घर्तिमगर,अशोक थापा मगर र नन्द बहादुर थापामगर सदश्य रहेकाछन् ।

अलएन क्षेत्रिय समितिको भेलालाई सचिव समिर काउछा मगरको संचालन र उपाध्यक्ष डब जर्घा मगरले स्वागत भाषण गरेका थिए ।

साथै केन्द्रीय महिला विभाग प्रमुख शुशी पुलामी मगरले सन्चाल गरेको आबुधाबी क्षेत्रिय समितिको भेलालाई संगठन विभाग प्रमुख अमर सेर्पुर्जा मगरले स्वागत भाषण गरेका थिए ।

नेपाली मगर संघ युएई पुनर्जीवित भए पश्चात संगठन विस्तारको शिलशिलामा अलएन र आबुधाबीमा भएका क्षेत्रिय भेलाको क्रममा क्षेत्रिय समिति चयन गरिएको हो भने केहिदिन अघि दुबई क्षेत्रिय समितिको भेलाले मनोज काउछा मगरको अध्यक्षतामा क्षेत्रिय  समितिको निर्माण गरी सकेको छ ।

शुशी पुलामी

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %