रानीघाटमा प्रेमजोडीको घुईचो

Read Time:1 Minute, 25 Second

देब पचभैया

पाल्पा, माघ २-शुक्रबार प्रेम दिबस भएकाले प्रेमको प्रतिकको रुपमा लिईने पाल्पाको रानीमहलमा अबलोकन गर्नेहरुको भिड बढेको छ । पछिल्लो समयमा रानीमहलमा प्रेम जोडीहरुको भिड लागेको स्थानिय पदम श्रेष्ठले जानकारी दिए । पाल्पाको बैघागुम्हा गाबिसमा रहेको रानीघाट दरबार सदरमुकाम तानसेन देखि १३ किलोमिटर उत्तरमा पर्दछ ।

नेपालको ताजमहलको रुपमा परिचित ताजमहलमा पुग्न तानसेन बाट  हिडेर जान ३ घण्टा बढी समय लाग्छ भने हिजो आज तानसेन कैलाशनगर, अवल, हात्तीढुंगा हुदै रानीघाट दरबारमै पनि गाडी मार्फत पुग्न सकिन्छ ।

तत्कालिन राज खड्ग समशेरले रानी तेजकुमारीको संझनामा राघीघाट दरबार बनाएका थिए ।

भारतको उत्तर गंगाको जत्तिकै महत्व बोकेको रानीघाट दरबारपनि उत्तर बाहिनी कालीनदिकै सतहदेखि निर्माण भएको छ ।

(प्रेमको प्रतिक)  प्रेम दिबसको उपलक्ष्यमा राज्यसत्ताका समस्त पाठकहरुमा मंगलमय शुभकामना ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %