गोविन्द घर्ति
रुपन्देही , माघ २९ – रुपन्देही लागु औषध विक्रि वितरणको ट्रान्जिट प्वाईन्ट बन्दै गएको प्रहरी बरिष्ठ उपरिक्षक अञ्चल प्रहरी कार्यालय प्रमुख मिङ्गमार लामाले बताएका छन् ।
नेपाल मगर संघ बुटवलनगर समितिले अयोजना गरेको लागु औषध न्यूनिकरण तथा सचेतना कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । रूपन्देही खुल्ला सिमानाका कारण लागु औषधको कारोवार बढ्दै गएका कारण अबको १०/१२ बर्ष पश्चात योग्य तथा बुद्धिजिबी व्यक्ति यस क्षेत्रमा बस्न लायक नहुने बताए। विगत ३ बर्ष यता तिब्र रूपमा लागु दु्रव्र्यसनीको संख्या बढेको भन्दै रूपन्देहीका कारागारले अपराधीलाई थेग्न समेत नसक्ने लामाको भनाइ थियो ।
नेपाल मगर संघ बुटवलनगर समितिका अध्यक्ष किसन बहादुर रानाको सभापतित्व, उपाध्यक्ष गोपाल बहादुर चौहानको स्वागत र सचिव मनोज रानाको सञ्चलनमा भएको कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय प्रमुख सुशिल कुमार यादव, ईलाका प्रहरी कार्यालय प्रमुख दिनेश आचार्य, नेपाल आदिवासी जनजाति महासंघका निर्वतमान जिल्ला अध्यक्ष होम बहादुर गलामी, (फोनिज) जिल्ला अध्यक्ष मिलन गाहा, समाजसेवी गोपाल राना, नेपाल मगर संघ नगर समिति बुटवलका सल्लाहकार भोज प्रसाद बुढाथोकी, सल्लाहकार मन बहादुर थापा लगाएतले बोल्दै वर्तमान अवस्थामा सबैभन्दा विनासकारी र महामारी समस्याको रुपमा लागुपदार्थ रहेको भन्दै यसको न्युनीकरणका लागि अभिभावकहरुनै सचेत र सजग हुनु पर्नेमा जोड दिएका थिए ।
बरिष्ठ उपरिक्षक मिङमार लामा र सोसाइटी सपोट गु्रपका मिङ्ग सेनले सहजीकरण गरेका थिए।
