देब पचभैया /पाल्पा
नवलपरासी, २९ माघ-नवलपरासीको कावासोतीमा केन्द्रिय कार्यालय रहेको गौरी शंकर डेभलब्मेण्ड बैंक भित्रैबाट तीन लाख पचास हजार रुपैयां चोरी भएको छ ।
दिउंसो दुई बजेतिर बैकमा रकम जम्मा गर्न भौचर भर्दै गर्दा नवलपरासीको शिवमन्दिर २ निवासी खुमबहादुर थापा मगरको तीन लाख रुपैयां रहेको झोला सहित रकम चोरी भएको हो । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार घटनाको अनुसन्धान भईरहेको छ ।
बैंक भित्र सिसी क्यामरा रहेपनि चोरी हुनुभन्दा एक डेढ घण्टा अगाडिबाट सिसी क्याम्मेराले काम नगरेको बैंक प्रशासनलाई जनाउंदै प्रहरीले जनाएको छ । चोरी हुनुभन्दा केही अगाडिबाट सिसी क्यामेराले काम नगर्नु लगायतका कतिविधिले चोरीमा बैकका कर्मचारीको पनि हात हुन सक्ने प्रहरीले जनाएको छ ।
थापा मगरले कावासोतीमा रहेको बाणिज्य बैंकबाट रकम झिकेर गौरीशंकर बैंकमा रकम जम्मा गर्न थालेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
