प्रतिष्ठानले प्रथम सहीद लखनको स्मृति दिवस मनाउदै

Read Time:1 Minute, 42 Second

गोविन्द घर्ति

रुपन्देही, माघ २९ – प्रथम सहीद क्या. लखन थापामगरको १ सय ३७ औं स्मृति दिवस  भव्यरुपमा मनाउने भएको छ । लखन थापा स्मृति प्रतिष्ठानले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन ।

सो अवसरमा बोल्नै नेपाल मगर संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाले सहीद कुनै जाति विशेषको नभई राज्यको भएकोले सहीदलाई राज्यले सम्मान गर्नु पर्नेमा जोड दिए । विरकट्टाले राज्यले हरेक बर्ष मनाउदै आएको सहीद सप्ताह फागुन २ गते प्रथम सहीद क्या. लखन थापा स्मृति दिवसको अवसर पारेर मनाउनु पर्ने राज्य संग माग गरे ।

राज्यले लखन थापालाई २०५६ सालमा सहीद घोषणा गरे पनि प्रथम सहीद घोषणा नगरी सहीद प्रति अपमान गरेको आरोप लगाए । साथै फागुन २ गतेलाई राज्यले सार्वजनिक विदा दिनु पर्नेमा पनि जोड दिए । प्रथम सहीद लखन थापा स्मृति मुल समितिको आयोजनामा फागुन २ गते रुपन्देहीको बुटवल चौराहमा बृहत्त कार्यक्र गरी मनाउने पत्रकार सम्मेलन जानकारी दिइएको थियो ।

मुल तयारी समितिका अध्यक्ष माथर सिं सलामीको अध्यक्षता र आशिष सूर्यवशीको  संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %