देब पचभैया
पाल्पा, २७ माघ – पाल्पा जिल्ला खेलकुद विकास समितिको आयोजनामा आज देखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तानसेनको टुँडिखेलमा सुरु भएको छ ।
तानसनेमा आयोजित प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराते, तेक्वाण्दो र उसू प्रतियोगिता संचालन भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर रानाले बताए।
प्रतियोगितामा पाल्पा जिल्लाका २२ विद्यालयले सहभागिता जनाएका छन् ।
खेलको उद्घाटन गदै्र्र राष्टिय खेलकुद परिषद्काका खेलकुद विभाग प्रमुख प्रकाश घिमिरेले विद्यार्थीमा खेलप्रतिको मोह जगाउन रनिङ्शिल्ड प्रतियोगिता गर्न जरुरी रहेको बताए । शारीरिक र मानसिक विकास गर्नसमेत खेलकुदले सहयोग पुग्ने बताउँदै जिल्लाका धेरै भन्दा धेरै खेलाडी शिल्डमा सहभागी हुनुपर्नेमा जोड दिए ।
प्रतियोगितमा भलिबल, दौड, सटफुट, हाइजम्प लङ्गजम्प, तेक्वाण्दो र उसू छात्र, छात्राका बीचमा प्रतिष्पर्धा भईरहेको छ । समितिका सदस्य तुलाराम गरम्जाले पाल्पाका सबै माध्यमिक विद्यालयलाई पत्रचार गरेको बताए । समितिले माघको २२ र २३ गते निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता सञ्चालन गरिसकेको छ ।
