तानसेनमा १० दिने पाल्पा महोत्सब हुदै

Read Time:2 Minute, 21 Second

देब पचभैया

पाल्पा, माघ २७ – आगामी फागुन १६ गते देखि २५ सम्म तानसेन टुखिखेल मैदानमा पाल्पा महोत्सब हुने भएको छ । आयोजक पाल्पा उधोग बाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरी हामी सबैको उत्सब, पाल्पा महोत्सब २०७० भन्ने मुल नाराका साथ महोत्सको आयोजना गरीएको जानकारी दिएको हो ।

महोत्सब बाट जिल्लामा उत्पादित बस्तु तथा सेवाले प्रतिस्पर्धात्मक रुपमा बजार ब्यवस्थापन ,समुचित बजारीकरण गर्न मद्धत पुग्नुका साथै पाल्पा जिल्लालाई करुवा र ढाका पछि अदुवाको जिल्लाका रुपमा चिनाउन मद्धत मिल्ने पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु मर्हजनले जानकारी दिए ।

मेलामा जिल्लाबाट उत्पादन हुने बस्तु तथा सेवाको पर्दशनी, बिक्रि, बितरणका साथै राष्टिय, बहुराष्टिय उत्पादनको समेत प्रर्दशनी गरिने बताईएको छ । महिला उद्धमी, घरेलु उधोग, कुटिर उधोग, कृषि उद्धमी द्धारा उत्पादित बस्तुको प्रर्दशनी गरने छ ।

२५० स्टल रहने र २ लाख अबलोकन कर्ता आउने बिश्वास लिईएको महोत्सबमा ५ करोड बराबरको कारोबार हुने पाल्पा उधोग बाणिज्य संघका महासचिब भिमसेन कार्कीले जानकारी दिए ।

महोत्सब बाट खर्च कटाई बचेको रकम बाट श्रीनगर डाडामा पिकनिक र पर्यटक स्थल निर्माण गर्ने र तानसेन टुडिखेल मैदानको स्तर उन्नतिको लागी प्रति टिकटमा २ रुपिया छुट्याईएको छ । त्यस्तै पाल्पामा हवाई मैदानको सम्भाब्यता अध्ययन र संघको बहुउदेश्यीय भवन निर्माणका लागी पनि महोत्सब बाट बचेको रकम लगानी गर्ने संघका पुर्बअध्यक्ष भुषणराज लवटले बताएकाछन ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %