किम कोरिया र नेपालको पुल बने !

Read Time:4 Minute, 58 Second

सिओल / कोरिया

 

 

 

 

 

 

 

 

 

मलाई थाहा छ !

हजुरबुवा हजुरआमाले तिमीलाई सरगमाथा भनि बोलाएको !

के तिमीलाई थाहा छ !

हजुरबुवा हजुरआमाले सगरमाथा भनि बोलाएको !

एभरेष्ट त आयातित नाम न हो !

हजुरबुवा हजुरआमाको सगरमाथा कसरी बदलिन सक्छ र ?

 

माथिको यी कविताको स्लोकहरू कुनै नेपाली कविको नभै कोरियन कवि तथा पत्रकार किम ह्योङ ह्योको हो । उनले यो कविता सगरमाथा बेस क्याम्प जादा लेखेको सुनाउछन । सन २००४ देखि नेपाल जान थाल्नु भएका किमले ”नेपाल कोरियन कल्चर सेन्टर” नामक संस्था खोलेर नेपाली चित्रकारहरूको चित्र कला कोरियामा र कोरियन चित्रकारहरूको चित्र कला नेपालमा प्रदशन गर्ने चाजोपाजो मिलाई दिईसकेका छन ।  

स्थाई घर ख्वाङ्जु छलनादो भए पनि हाल आफ्नी जीवन् संगिनी नेपाली चेली मञ्जु गुरुङसँग सुवनमा बस्दै आएकाछन । उसो त उनलाई कोरिया भन्दा नेपालमा बस्ने इच्छा रहेको र कोरियामा आफ्नो श्रीमतीको करले बसेको सुनाउछन । नेपालको बिभिन्न भागको भ्रमण गरि सकेका किम साहित्य यात्राको क्रममा बिराटनगर देखि पोखरा , आदिकवि भानुभक्त आचार्यको जन्म स्थल चुँदी रम्घा , पोखरा हुँदै अन्नपुर्ण पद यात्राको यात्रा गरि सकेका छन् ।  

गौतम बुद्धकोजन्म स्थल लुम्बिनी यात्रा गर्दा आश्चर्य चकित भएको अनुभव सुनाए किनकी उनले कोरिया हुँदा गौतम बुद्धको जन्म भारतमा भएको थियो भनेर पढेका थिए । उनले वास्तविकता थाहा पाए पछि गौतम बुद्धको जन्म भारतमा होईन नेपालमा भएको हो भनेर कोरियन न्युज पेपर ई-सुवन र ओ माई न्युजमा लेखेर कोरियालीहरू सामु वास्तविकताको प्रकाश छर्ने काम गरेका थिए । स्मरण रहोस हाल कोरियन सरकारले गौतम बुद्धको जन्म स्थल नेपाल हो भनेर आफ्नो पाठयपुस्तकमा सच्चाई सकेको छ ।  

महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविता यात्री , बन लगायत कवि मञ्जुल देखि कवियत्री प्रगति राईका कविताहरू पनि कोरियन भाषामा अनुबाद गरि सकेका छन् । उनले कोरियन र रसियन भाषामा कविता संग्रह , अन्नपुर्ण यात्रा संस्मरण र”मुना मदनको आकाश” नामक कृति कोरियन , नेपाली , अंग्रेजी भाषामा निकाली सकेका छन भने प्रकाशोन्मोख कृतिहरुमा ”बाटोको मान्छे”बालकथा नेपाली भाषामा र ”आकाशको गीत”कविता संग्रह निस्कने तयारीमा रहेको बताउछन ।  

नेपाली खाना सेलरोटी भने पछी हुरुक्क हुन्छन । उनले नेपाली गीत रेशम फिरिरी , मेरो प्यारो ओखलदुङ्गा र फुलको आखामा फुलै संसार मजाले गाउन सक्छन । अभिनयमा पनि बिशेष अभिरुची राख्ने उनको समाज सेवामा पनि उत्तिकै लगाव रहेको छ ।  

नेपाली चेलीहरूले कोरियन नागरिकसँग विवाह गरेर दु:ख पाउने गरेको कुरा सुनाउदा कोरियाको लाईफ स्टाईल अलि कठिन र एडभान्स रहेको , भाषा र कल्चरको समस्याले गर्दा समस्या उत्पन्न भएको अनुभव सुनाए र कोरियन नागरिकसँग विवाह गरेर आउन लागेका चेलीहरूलाई भाषा सिकेर र कल्चरको बारेमा बुझेर आएमा समस्या नहुने बताउछन ।  

नेपाली कला, सस्कृति कोरियाली सामु चिनाउने उदेश्यले ”सि-साराङ ” नामक ब्लग पनि संचालन गरि राखेका छन । सधैं हसिला रसिला देखिने किम नेपालीको नीम्ति आँखाको नानी हुन । उनको ”सगरमाथा” शिर्षकको कविता जस्तै उनी हाम्रो सामु अजम्बरी हुनेछन ।   कविताको बाँकी अंशबाट बिट मारौ 

 

एभरेष्टको परिचय त क्षणिक न हो

तर सगरमाथा तिमी त अजम्बरी सगरमाथा !

हाम्रो मनभरि चुलिएको

हाम्रो गौरवशाली सगरमाथा !

 

निश्चल काउचा – सिओल कोरिया

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %