बेबारिसे देशको किर्ते मनुवा म (कबिता)

निश्चल काउचा

 

 

 

 

 

 

 

 

स्तम्भहरु मेरै छात्तीमा ढाल्दा

जुगौ देखी पुर्खाको रगत ,पसिनाले सिञ्चेको लाजपुर्जा

बिहान उठदा किर्ते हुँदै सप्तकोशीमा बग्छ

आफ्नै आखाबाट बगेको सप्तकोशीको पानी

म अञ्जुलीले उघाउन सक्तिन

बेबारिसे देशको किर्ते मनुवा म

अस्रुधारा आशु बगाउदै

बेबारिसे सिमा स्तम्भ जस्तै गर्ल्याम्म ढल्छु      

 

 

सिमापारीको निलो आकाश हेर्छु

घाम चर्को लाग्छ

आफ्नो भुगोल हराए पछि

वारि जुन फुल्दैन

कोईलीको गीतमा पनि बर्दीधारी बुटको कर्कश सुनिन्छ

टाउकोमा कुन्दा बजारिन्छ

खिया लागेको वीर गोर्खालीको कथा सुन्दै

बेबारिसे देशको किर्ते मनुवा म

बेबारिसे सिमा स्तम्भ जस्तै गर्ल्याम्म ढल्छु      

 

 

गोर्खा राज्या चल्याउने मुर्कट्टा रैचन

आफ्नै अगाडी सिमा स्तम्भ गर्ल्याम्म ढालिदा

देखेर पनि नदेखे जस्तो गर्ने

सुनेर पनि नसुने जस्तो गर्ने

महाशयको ढोगीपन देखेर

फिरिङ्गी सामु छात्तीमै

सिङ्गो सगरमाथा बोकेर

सिमापारी हिउ फुल सन्देश पठाउनु छ