रुपन्देही ,
माघ २४ , राज्यको विभेदीकारी नीतिका कारण प्रथम सहीद क्या. लखन थापामगरलाई शहिद घोषणा गर्न हिच्किचाएको बुटवलमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । नेपालको एकात्मक सामन्ती सोच तथा एकल जातीय राज्य समयन्त्रले यसलाई ओझेलमा पारेको आरोप लगाएको हो ।
शहिद कुनै जात विषेश र जातको पेवा नहुने जिकिर गर्दै सहीदलाई राज्यले सम्मान गर्नु पर्नेमा जोड दिएका थिए । नेपाल मगर संघ जिल्ला समितिले बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा संघका जिल्ला अध्यक्ष दलबहादुर बिरकट्टा मगरले लखन दिवसलाई भव्य र सबैको साझ सहिदको रुममा मनाउन आग्रह गर्दै क्या.लखन थापामगर प्रति सकारात्मक दृष्टि राख्न आग्रह गरे ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट ज्ञानप्रसाद आर्याल, तामाङ घेदुङ्गका बिरबहादुर लामा, एनेकपा माओवादीका प्रेम गुरुङ, जनमुक्ति पार्टीका अध्यक्ष झमबहादुर गुरुङ, नेकपा–माओवादीका शरद ओली, नेपाल मगर संघका नगर अध्यक्ष किशन थापा, नेपाल मगर महिला संघका जिल्ला सदस्य लक्ष्मी पुन, नेपाल मगर लेखक संघका जिल्ला सचिव लिला राना, छन्त्याल संघका जिल्ला उपाध्यक्ष भरतजंग छन्त्याल, पहलसिङ राना, फोनिज अध्यक्ष मिलन गाहा लगाएतले बोल्दै लखन थापालाई प्रथम शहिद घोषण गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रम जिल्ला अध्यक्ष दलबहादुर बिरकट्टामगरको अध्यक्षतामा र सचिव कमला थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
गोविन्द घर्ति /रुपन्देही
